20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मलद्वारमा लागूऔषध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४  

कोहलपुर, २६ जेष्ठ  / बाँके प्रहरीले लागू औषध ब्राउनसुगर सहित बिहीबार दिउँसो एकजनालाई जमुनाहा नाकाबाट पक्राउ गरेको छ । भारतीय बजार रुपैडिहाबाट ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कोहलपुर १४ का १९ वर्षिय सुरज सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । ब्राउन सुगर सहित पक्राउ परेका सुनारलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     3:12:27 PM  |