19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

तीनदिने उद्यमशिलता विकास तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४  

कोहलपुर, २५ जेष्ठ / निर्धन उत्थान बैंक लिमिटेडले ग्राहक सदस्यहरुलाई तीनदिने उद्यमशिलता विकास तालिम दिएको छ ।
तालिममा कोहलपुर, उदयपुर, राँझा, परसपुर, फत्तेपुर, खजुरा, गुलरिया, बाँसगढी, राजापूर, भूरिगाउँ भिंग्रीबजार शाखाहरुका द्दद्द जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।
सहभागीहरुलाई बैंकका वरिष्ठ ब्यवस्थापक पवन कूमार श्रेष्ठ, सहायक ब्यवस्थापक शम्भू अस्लामी र कार्यक्रम अधिकृत लाल बहादूर रावलले प्रशिक्षण दिएका थिए ।  बैंकले यही जेष्ठ द्दट गतेदेखि द्दड गतेसम्म अत्तरियामा बैंकका आफ्ना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम दिने कोहलपूर क्षेत्रिय कार्यालयका क्षेत्रीय प्रमूख आनन्द कुमार गौतमले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २५, २०७४     1:03:58 PM  |