25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरका मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेलाई बुद्धिजिवीको साथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

कोहलपुर, २० जेष्ठ /  नेकपा माओवादी केन्द्रका तर्फबाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेलाई बुद्धिजिवीले साथ दिने भएका छन् ।

कोहलपुरमा शनिबार आयोजित बुद्धिजिवीहरुसँगको भेटघाट कार्यक्रममा बुद्धिजीवी वर्गले न्यौपानेलाई साथ दिने बताएका हुन् । युवा र भिजन भएको नेता भएकाले न्यौपानेलाई मेयरमा जिताउनका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

कोहलपुरलाई अब एउटै सक्षम र योग्य नेतृत्वको खाँचो भएकाले न्यौपानेको विकल्प नभएको सहभागीले बताए ।

राजनैतिक शास्त्रमा स्नातकोत्तर गरिसकेका न्यौपानेलाई मेयरमा नजिताए कोहलपुरले फड्को मार्न नसक्ने उनीहरुको निष्कर्ष थियो । कार्यक्रममा प्रध्यापक, शिक्षक, स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा न्यौपानेले कोहलपुरको विकासका लागि आफूसँग विभिन्न योजनाहरु भएको बताए ।

कृषिमा ५० प्रतिशत अनुदान, पर्यटन प्रवद्र्धन गरिने, ५० सैयाको सरकारी अस्पताल बनाइने, एक वडा एक खेलमैदान, अत्याधुनिक विद्युतीय शवदाह निर्माण, स्थानीय जनशक्तिलाई प्राथमिकता, संवेदनशिल क्षेत्रमा सिसि क्यामरा जडान, एक घर एक रोजगार, सुविधायुक्त आइटी पार्क, गैरसरकारी संस्थाहरुलाई एकद्वार नीति अन्तरगत परिचालन गर्ने लगायतका योजनाहरु सुनाए ।

उनले सुनाएका योजनाहरु पूरा गर्न सकिने खालका र कोहलपुरका लागि आवश्यक भएकाले पनि उनलाई बुद्धिजिवीहरुले साथ दिने बताएका हुन् ।18926515_1340351576086130_524880806_o

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     7:14:03 PM  |