16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

चौरजहारीमा धमाधम वडा कार्यालयहरु उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४  

रुकुम २० जेष्ठ / रुकुमको चौरजहारी नगरपालिकामा वडा कार्यालय स्थापना कार्य सुरु गरिएको छ । जेष्ठ १७ गते वसेको चौरजहारी नगरपालिकाको नगर वोर्डले गरेको निर्णय अनुसार नगरपालिकामा वडा कार्यालय स्थापना कार्य सुरु गरिएको हो ।
जसअन्तरगत वडा नं १ को वडा कार्यालय पुरानो वजारमा स्थापना गरिएको छ । घारिगाउँ, लामिछानेगाउँ र नाखिराको पायक पर्ने स्थान पुरानो बजारमा भएकोले उक्त स्थानमा कार्यालय स्थापना गरिएको वडा अध्यक्ष भद्रबहादुर विष्टले जानकारी दिए । वडा नं ३ को टाटागाउँ स्थित घारिकापाखामा कार्यालय स्थापना गरिएको छ । लापुलेगाउँ टाटागाउँ र स्यालखोलाका सेवाग्राहीहरुको पायक पर्ने स्थानभएकोले उक्त स्थानमा कार्यालय स्थापना गरिएको हो ।
त्यसैगरि वडा नं ७ र ९ को वडा कार्यालय पनि स्थापना भैसकेको छ । वडा नं ७ को वडा कार्यालय कोटजहारीको साविकको गाविस कार्यालयमा स्थापना गरिएको छ । वडा नं ९ को वडा कार्यालय वाँचकारामा रहेको महिला परामर्श भवनमा स्थापना गरिएको छ ।
कोटगाउँ, गुर्तालगाउँ र भाझमेलाको मध्यविन्दुमा पर्ने भएकोले उक्त स्थानमा कार्यालय स्थापना गरिएको वडा अध्यक्ष महेश स्वर्णकारले जानकारी
दिए । वडा कार्यालयको उदघाटन चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले गरे ।
कार्यालय उदघाटन गर्दै मेयर शर्माले जनताहरुलाई सर्वसुलभ सेवा प्रदान गर्न र भ्रष्टाचारको अन्त्य गरेर मात्र नगरको समृद्धि हुने हुँदा कटिवद्ध भएर वाग्राहीको काममा खटिन निर्वाचित पदाधिकारी र कर्मचारीहरु लाई निर्देशन दिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २०, २०७४     11:45:45 AM  |