कोहलपुर, १४ जेष्ठ / अपाङ्ग जनसेवा केन्द्रको अध्यक्षमा मनकुमार पुन चयन भएका छन् । बैजनाथ गाउँपालिका कार्यालयमा शनिबार भएको केन्द्रको प्रथम साधारणसभाले पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा सन्तोषी जैसी, महासचिव भोजेन्द्र बस्नेत, सचिव तुलसा बि.क. र कोषाध्यक्षमा हिरामाया बस्नेत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा धिरेन्द्र बि.क., पूर्ण बहादुर गौतम, सर्जन बि.क., प्रेम बहादुर सुनार, हिरामाया पुन र उमेश थारु रहेका छन् ।
यसअघि भएको उद्घाटन सत्रमा समाजसेवी तथा व्यापारी जितबहादुर केसीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रिय अध्यक्ष भावुकजंग थापाको प्रमुख आतिथ्यतमा भएको उद्घाटन सत्रमा नेपाली कांग्रेसका महासमिति सदस्य देवबहादुर खत्री, नेकपा एमालेका तर्फबाट बैजनाथ गाउँपालिकाका प्रमुखका उम्मेदवार मानबहादुर रुचाल, माओवादी केन्द्र बैजनाथ इन्चार्ज देबबहादुर रावत, मानव अधिकार तथा बालविकास मञ्चका अध्यक्ष भुपेन्द्र बस्नेत, साना किसान महिला सहकारी संस्था टिटिहिरियाका अध्यक्ष निर्मला रोकाय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पूर्ण बहादुर गौतमको सभापतित्वमा भएको उद्घाटन सत्रको संचालन सदस्य धिरेन्द्र बि.क.ले गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४