2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

घरदैलोमा व्यस्त माओवादी केन्द्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको अभियानमा रहेका माओवादी केन्द्रका उम्मेदवारहरु टोल सभा, वडा भेला र घरदैलोमा ब्यस्त देखिएका छन् । घरदैलो अभियान संचालन गर्दै आएको केन्द्रले संगठन विस्तारलाई समेत निरन्तरता दिँदै आएको छ ।
अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढ्दै माओवादीले जनाएको छ । अभियानकै क्रममा उम्मेदवार सहितको टोली बुधबार कोहलपुरका बिभिन्न वडाहरुमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।
कोहलपुर नगरपालिकाको वडा नं. १२ मा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने, कोहलपुर नगर कमिटिका अध्यक्ष लगाएतले मतदाताहरुलाई मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी कोहलपुरकै १३ नम्बर वडामा संगठन विस्तारका लागि अभियान संचालन गरिएको कोहलपुर नगर मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले जानकारी दिए । उनले माओवादी केन्द्र प्रतिको जनलहर बढ्दै गएको भन्दै नतिजा सकारात्मक आउनेमा आफु ढुक्क भएको बताए ।
त्यसैगरी कोहलपुर नगरका मेयर÷उप–मेयर पदका उम्मेदवार सहितको टिमले कोहलपुर वडा नं. ८ मा घरदैलो अभियान सम्पन्न गरेको छ । त्यसैगरी वडा नं. २ मुक्तिनगरमा सम्पन्न भेलामा केही व्यक्तिहरुले अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:17:04 PM  |