20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगञ्जमा बालभेला संयोजन तालिम शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४  

कोहलपुर, ११ जेष्ठ  / नेपालगन्जमा लक्षित बर्ग बालबालिका अन्तरगत बाल भेला संयोजन सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम संचालन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, नगर स्तरीय बालक्लब सञ्जाल, नेपालगन्जको समन्वय र एकीकृत सामाजिक बिकास केन्द्र नेपाल बाँकेको सहजीकरणमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । केन्द्र बाँकेका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएका कार्यक्रमको संचालन कार्यक्रम संयोजक बिजय मल्लले संचालन गरेका थिए ।
अभिमुखीकरणमा नेपालगन्जका साविक २८ वडाका ३÷३ जना प्रतिनिधीहरु गरि कुल ८४ जनाको सहभागिता रहेको छ । अभिमुखिकरणमा बालबालिकाहरुका मुद्दा र सवालका बारेमा कसरी उठान गर्ने, योजना तर्जुमामा बालबालिकाहरुलाई कसरी सहभागी र कार्यान्वयन गराउने लगायतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     1:16:07 PM  |