15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

बर्दी बिनै म्यादी प्रहरी ड्युटीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४  

कोहलपुर, २७ बैशाख / स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बर्दी (पोषाक) बिना नै ड्युटिमा खटाइएको छ । निर्वाचनलाई सुरक्षित र सफल बनाउन खटाइएका म्यादी प्रहरीका लागि बाँकेमा अझै ड्रेस भने उपलब्ध गराइएको छैन । नेपालगन्जका चोकचोकमा म्यादी प्रहरी खटाईएको छ । तर, सादा पोषाकमा उनीहरु ड्युटी गरिरहेका देखिन्छन् । चोक चोकमा लठ्ठी समातेर उभिएका म्यादी प्रहरीलाई चिन्न समेत नसकिने अवस्था रहेको स्थानीय राजकुमार चौधरीले बताए ।
सरकारले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था लागु गरेको छ ।
उनीहरुले ड्रेस भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँने व्यवस्था गरेपनि उनिहरुलाई समयमै ड्रेस नदिएरै ड्युटिमा खटाइने गरेको पाइएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले डे«स सिलाई भैरहेको र आजभोलिमै ड्रेस बाँके आइपुग्ने बताए । पहिलो चरणको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सिलाइएको ड्रेस निर्वाचन क्षेत्रमा पठाइएको र दोश्रो चरणको निर्वाचनको लागि ड्रेस सिलाई भैरहेको जानकारी दिए । ड्रेस आउने वित्तिकै म्यादी प्रहरीहरुलाई वितरण गरिने उनले बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     1:21:21 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *