कोहलपुर, २६ बैशाख / नेपालगञ्ज उप–महानगरपालिका उपमहानगर कार्यपालिकाको कार्यालय बाँकेले गतवर्ष २०७३ सालको व्यक्तिगत घटना दर्ता अभिलेख सार्वजनिक गरेको छ ।
जसअनुसार गतवर्ष २ हजार ४२ जना महिला तथा २ हजार १ सय ४१ पुरुषले जन्म दर्ता गराएका छन् । त्यस्तै २ सय ८१ जना महिला तथा ४ सय ९६ जना पुरुषको मृत्यु दर्ता गराईएको छ । गत वर्ष १ हजार १ सय ५६ जनाले विवाह दर्ता गराएका छन् भने ८ जनाले सम्बन्ध विच्छेद दर्ता गराएका छन् ।
गत वर्षको बैशाखदेखि असार मसान्त सम्म ५ सय ८४ महिला तथा ६ सय १० जना पुरुषले जन्म दर्ता गराएका छन् । साउन देखि असोज मसान्त सम्म ४ सय ४२ जना महिलाले तथा ४ सय ४६ जना पुरुषको जन्म दर्ता गरिएको छ । कार्तिक देखि चैत्र मसान्त सम्म १ हजार १६ जना महिला तथा १ हजार ८५ जना पुरुषले जन्म दर्ता गराएको उपमहानगरपालिकाले जनाएको छ ।
त्यस्तै गतवर्षको बैशाखदेखि असोज सम्म १ सय ३३ जना महिला तथा १ सय २१ जना पुरुषको मृत्यु दर्ता गरिएको छ भने कार्तिक १ देखि चैत्र मसान्त सम्म १ सय ४८ जना महिला तथा २ सय ७१ जना पुरुषको मृत्यु दर्ता गरिएको नेपालगंज उप–महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७४ वैशाख २६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्