26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४  

कोहलपुर, २२ बैशाख / सरकारी कार्यालयहरुबाट प्रदान हुने सेवा प्रभावकारी बनाउन लागि बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रशासकीय अदालत तथा उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले नेपालगन्जमा आयोजना गरेको सुशासनको सन्दर्भमा शुसासनको प्रभावकारिता र न्याय सम्पादन बिषयक अन्तकृया कार्यक्रममा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अन्र्तकृया कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले सरकारी कार्यालयहरुलाई चुस्त बनाउनका लागि आफुले पहल गरेको बताए । उनले सेवा प्रभावकारी बनाउने सुरुवात भैसकेको बताउँदै कुनै सरकारी कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको
गुनासो आएमा तत्काल कारबाहीको दायरामा ल्याइने बताए । त्यस्तै कार्यक्रममा बोल्दै बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एमसीले बर्दियाका कुनै पनि सरकारी कार्यालयका गुनसो प्रसासन समक्ष नआएको बताए । उनले सरकारी सेवाको गुणस्तर र सेवा प्रवाहका बिषयमा प्रत्येक महिनाको ३ गते जानकारी आदान प्रदान गर्ने गरेको जानकारी दिए ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक महेशबिक्रम शाह, बोल्दै प्रसाशकिय अदालत तथा उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहाल लगायतले धारणा राखेका थिए ।
बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरक्षा अधिकारी र सरकारी कार्यालयका प्रमुखहरुले कार्यक्रममा चुस्त एवम् प्रभावकारी सेवा प्रवाह सम्बन्धी २५ बुँदे प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     12:19:25 PM  |