26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरका विद्यालयमा जुनियर जेसीज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४  

कोहलपुर, २० बैशाख /  कोहलपुर जुनियर जेसीजले कोहलपुरका विद्यालयमा कमिटी गठन गर्ने अभियान शुरु गरेको छ । आफ्नो दोश्रो स्थापना दिवसको अवसर पारेर मंगलबारदेखि कमिटी गठन अभियान शुरु गरिएको हो ।
अभियानको पहिलो दिन कोहलपुर १० चटारस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा सपना खत्रीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । १३ सदस्यीय कमिटीको उपाध्यक्ष सिर्जना कुँवर, सचिव सन्तोष राना, कोषाध्यक्ष सम्झना थारु रहेका छन् । त्यस्तै सदस्यहरुमा सुभम बस्नेत, बासुदेव, जस्टिना थारु, दिपा थारु, निसानी कुमारी बानिया, अनुराधा थारु, अस्मिता यादव, सरस्वती भट्टराई र पुष्पा चौधरी रहेकी छन् ।
कमिटीको सल्लाहकारमा विद्यालयका प्रधानाध्यापक जगतपाल थारु, सह–प्रधानाध्यापक श्यामसुन्दर भुजुवा र शिक्षिका पार्वती आचार्य रहेका छन् ।
यसैबीच सोही विद्यालयलाई पुस्तकालय निर्माणका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । वर्ष २०१७ का नेपाल जेसीजका उपाध्यक्ष हेमराज खनाल लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।
जुनियर जेसीज वर्ष २०१७ का अध्यक्ष सरदराज भण्डारीको सभापतित्वमा भएको शैक्षिक सामग्री हस्तान्तरण तथा कमिटी गठन कार्यक्रमको सञ्चालन महासचिव गणेश विष्टले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, बैशाख २०, २०७४     1:43:22 PM  |