13 May 2024  |   सोमवार, बैशाख ३१, २०८१

नेपालगन्जमा कर्पोरेट ब्याटमिन्टन शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४  

कोहलपुर, १८ बैशाख / अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आइतबारबाट नेपालगन्जमा अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)का कोषाध्यक्ष एव ओलम्पियन सुरेन्द्र हमालले पानसमा बत्ति बाली खेलको उद्घाटन गरेका हुन् ।
उदघाटन समारोहमा बोल्दै हमालले अन्नपूर्णद्वारा अन्तर्राष्ट्रिय ब्याडमिन्टन गरेर खेलकुद जगतमा स्वर्णिम अक्षरले लेख्ने काम गरेको बताए । उनले निजी क्षेत्र खेलकुदमा नलागेसम्म खेलकुद क्षेत्रका विकास हुन नसक्ने
बताए । उनले भने, जबसम्म निजी क्षेत्र खेलकुदमा लगानी गर्न सक्दैन तब सम्म खेल क्षेत्रको विकास सम्भव छैन ।’ उनले खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिता जित्ने गरि प्रशिक्षित गर्नु पर्ने बताए ।
उनले नेपालगन्ज हुन गइरहेको आठौ राष्ट्रिय खेलकुदको प्रतिक्षामा नेपालगन्जबासी आतुर रहेको बताए । उनले राष्ट्रि प्रतियोगिताको तयारीको लागि पुर्वधार निर्माणको तयारी भइरहेको बताए ।
नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले खेलकुदको क्षेत्रमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।
ब्याटमिन्टन संघ बाँकेका उपाध्यक्ष डा. कुमार सान शाहले महंगो खेल भएका कारण ब्याटमिन्टनका खेलाडी उत्पादनमा समस्या भएको बताए । उनले संघले आर्थिक संकलन गरेर खेलाडीको प्रशिक्षण र प्रतियोगितामा पठाउने काम गरिरहेको बताए ।
अन्नपूर्ण पोष्टको मध्य तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जमा प्रमुख प्रेम केसीको सभापतित्वमा भएको उद्घाटन समारोहमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, व्याटमिन्टन एसियन एम्पायर एव प्रतियोगिताका रेफ्रि उदय अर्याल लगायतकोे उपस्थिीत रहेको
थियो । प्रतियोगिताका रेफ्रि अर्याल र खेलाडी सम्झना शर्माले खेलको नियमको सपथ लिएका थिए । अन्नपूर्ण पोष्टका संवाददाता सुरेन्द्र काफ्लेले प्रतियोगिताका सहभागीहरुलाई स्वागत गरेका थिए ।
प्रतियोगितामा बाँके, दाङ,सुर्खेत र दैलखका खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा पुरुष डबल तर्फ १९ जोडी, पुरुष एकल तर्फ १८ खेलाडी तथा महिला एकल तर्फ ७ खेलाडीले भाग लिएको प्रशिक्षक जयन्त श्रेष्ठले बताए । अन्नपूर्ण पोष्ट क्षेत्रीय प्रमुख केसीले आगामी बर्ष मध्यपश्चिमका १५ वटै जिल्लाका खेलाडीलाई सहभागिता गराएर प्रतियोगिता गर्ने बताए । राखेप कोषाध्यक्ष हमाल र नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले ब्याटमिन्टन खेलेर प्रतियोगिताको शुभारम्भ गरेका छन् ।
सुदुरपश्चिमको धनगढीमा बैशाख ९ गते देखि ११ सम्म छनौट प्रतियोगिता सम्पन्न भइसकेको छ । नेपालगन्ज र बुटवल आइतबारबाट प्रतियोगिता भइरहेको छ भने पश्चिमाञ्चलको पोखरामा २१ गते देखि २३ गते र पूर्वाञ्चल इटहरीमा २६ देखि २८ गते सम्म प्रतियोगिता सञ्चालन हुने छ । सबै प्रतियोगितामा प्रथम र दोस्रो हुने खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्न पाउने
छन् ।
पहिलो दिनको खेल नेपालगन्जमा सञ्चालन भएको अन्नपूर्ण पोष्ट व्याटमिन्टनको महिला एकल प्रतियोगिता सम्झना शर्मा(बाँके), निरु ताम्राकार(बाँके),मेरी थापा सिलवाल(बाँके), समिक्षा न्यौपाने(बाँके) सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला एकलको फाइनल खेल सोमबार हुने छ । महिला एकलमा ७ जना खेलाडी सहभागी भएका थिए ।
त्यस्तै पुरुष सिंगलमा रियाज अन्सारी(बाँके), सुजित कार्की (सुर्खेत),महेश विक्रम सिंह (सुर्खेत),विक्की बुढा(दाङ), सफल थापा(बाँके), शिव थापा (बाँके), दिपेश चौधरी(सुर्खेत) र सहरोज अन्सारी(बाँके) क्वाटर फाइनलमा प्रवेश गरेका छन् । पुरुष सिंगलमा १८ खेलाडी सहभागी भएका थिए । त्यस्तै पुरुष डबलमा रियाज अन्सारी र सहेरोज अन्सारी (बाँके), लालित शाही र मनोज लामिछाने(बाँके), तुलसी महरा र विक्की बुढा(दाङ), दिपक शाही र प्रकाश केसी(बाँके), महेश बिक्रम सिंह र टक्क बहादुर शाही(सुर्खेत), प्रकाश गुरुङ र राम बहादुर शाही( बाँके), प्रकाश गुरुङ र राम बहादुर शाही(बाँके) तथा अभयलाल श्रेष्ठ र अरुण कुमार गौतम‘टाइगर’(बाँके) क्याटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष डबलमा १९ जोडी सहभागी भएका छन् । सो प्रतियोगिता बैशाख १९ गते सम्म सञ्चालन हुने छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४     11:52:13 AM  |