10 April 2024  |   बिहिबार, चैत्र २९, २०८०

४० ट्रयाक्टरलाई जरिवाना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४  

कोहलपुर, १४ बैशाख / बाँकेमा क्षमताभन्दा बढी सामग्री बोक्ने र स्वरुप परिवर्तन गरि संचालनमा आएका ४० वटा ट्रयाक्टरलाई जरिवाना गरिएको छ । बुधबार यातायात अञ्चल कार्यालयमा उपस्थित गराई पक्राउ परेका ट्रयाक्टरलाई जरिवाना तिराई छोडिएको हो ।
नियन्त्रणमा लिएका ट्रयाक्टरलाई सवारी ऐन अनुसार कारवाही अगाडि बढाइएको छ । सबै ट्रयाक्टरलाई नियमानुसार जरिवानाका लागि यातायात कार्यालयमा पठाइएको थियो । यातायात कार्यालयले प्रति ट्रयाक्टर दुई हजार ५५० रुपैया जरिवाना गरिएको बाँके प्रहरीको भनाई छ ।
रातो प्लेटमा निर्माणका सामग्री बोक्ने, ओभरलोड, पाता, ढाला राखेर सामाग्री ओसार्ने, स्वरुप परिवर्तन गर्ने र कागजात नभएका ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिइएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट सम्बन्धित सवारीधनी, ट्रयाक्टर व्यवसायी संघका प्रतिनिधी, चालक, सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएकोे थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४     12:34:40 PM  |