मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४
कोहलपुर, १२ बैशाख / स्थानिय तहको निर्वाचनमा बालबालिका प्रयोग नै हुन नदिन तर्फ विशेष सजग रहन बांकेका संचारकर्मीहरुले सम्बद्धलाई सुझाव दिएका छन् । सोमबार नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको स्थानिय तह निर्वाचनमा बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि संचारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागि सञ्चारकर्मीले यस्तोे सुझाव राखेका हुन् ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, क्षेत्रिय निर्वाचन अधिकारी बसन्तराज अधिकारी, महिला तथा बालबालिका कार्यालय, बांकेका प्रमुख सुनिता केसी, पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे लगायत संचारकर्मीको सहभागिता थियो ।