2 March 2021  |   मङ्लबार, फाल्गुन १८, २०७७

पत्रकार महासंघ सुर्खेतमा पुनः भारती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४  

सुर्खेत, १० बैशाख / नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको १० औँ अधिवेशनबाट अध्यक्षमा पुनः गणेशकञ्चन भारती निर्वाचित भएका छन् । शुक्रबार भएको मतदान प्रक्रियामा जम्मा १३७ मत खसेकोमा भारतीले ७३ मत ल्याएर अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपालको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेद्वार भारतीले प्रगतिशिल पत्रकारहरुको संयुक्त प्यालनका निकटतम प्रतिद्वन्दी लक्ष्मण भण्डारीलाई १० मतको अन्तरमा जित हात पारेका हुन् ।
यस्तै १ कार्यसमिति सदस्य र १ केन्द्रीय पार्षद बाहेक सबै पदमा संयुक्त प्यानल विजयी भएको छ ।
यस्तै महासंघको खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलका ललित बसेल, महिला उपाध्यक्षमा निर्विरोध माया थापा, सचिवमा सुदिप पुरी, खुला सहसचिवमा ललित गाहा, समावेशी सहसचिवमा नन्दबहादुर गेलाङ र कोषाध्यक्षमा टेकेन्द्र विश्वकर्मा विजयी भएका छन् ।
यस्तै सदस्यहरुमा खगेन्द्रप्रसाद अधिकारी, चिन्तामणि कंडेल, पुरुषोत्तम सापकोटा, भिमप्रसाद पौडेल र रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यमा सविता जिसी, दलित सदस्यमा गोविन्द विक, जनजाती सदस्यमा नरजंग तामाङ र अल्पसंख्यक सदस्यमा अशोक राजी निर्वाचित भएका छन् ।
यस्तै अधिवेशनबाट प्रदेश सभासद सर्वसर्वसम्मत रुपमा चयन भएका छन् । भने केन्द्रीय पार्सदमा १ जना बाहेक सबै सदस्य संयुक्त प्यानलका विजयी भएका छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४     1:53:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *