कोहलपुर, १० बैशाख / राष्ट्रिय जनमोर्चाले बाँके जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गााउपालिकाका प्रमुखमा उम्मेद्वारी घोषणा गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कृष्णराज पाण्डे, उपमेयरमा माला केसीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाको प्रमुखमा बालकुमारी आचार्य, उपप्रमुखमा गिताराम कँडेललाई उम्मेद्वार बनाइएको छ ।
त्यस्तै खजुरा गाउँपालिकाको अध्यक्षमा मोमिना खातुन, उपाध्यक्षमा मान बहादुर भण्डारी, बैजनाथ गाउँपालिकामा अध्यक्ष मन बहादुर सुनार, उपाध्यक्षमा प्रतिमा आचार्य, डुडुवा गाउँपालिकामा अध्यक्षमा शैजाद अलि नाउ, उपाध्यक्षमा सिता अधिकारी, नरैनापुर गाउँपालिका अध्यक्षमा मुर मोहम्मद खाँ, उपाध्यक्षमा ससराम जोलाहिन, राप्ती सोनारीमा राजु चौधरी र जानकी गाउँपालिकामा अध्यक्षमा एलिजा खातुनलाई उम्मेदवार बनाइएको छ ।
प्रकाशित मिति : २०७४ वैशाख १० गते आइतबार









प्रतिक्रिया दिनुहोस्