29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

बैजनाथमा चुनावी अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

कोहलपुर, २ बैशाख  / नेकपा (माओवादी केन्द्र) ले बैजनाथ गाउँपालिकामा चुनावी अभियान सुरु गरेको छ । शुक्रबार एक कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य
महेश्वर गहतराज अथकले चुनावी अभियानको सुरुवात गरे ।
माओवादी केन्द्र बैजनाथ गाउँपालिका कमिटीले बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको उद्घाटनका लागि बैजनाथ गाउँपालिकाको पेडारीमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
सिहदरबारका अधिकार अब गाउँ गाउँमा आउन लागेकाले स्थानीय निकायको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने उनले बताए । चुनावी अभियानमा सयौंका सख्ङ्यामा माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     12:37:00 PM  |