18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता कार्यकर्ता पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

भैरहवा २१ चैत, / रुपन्देहीमा नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोध नयाँ शक्ति नेता कार्याकर्ता निर्वाचन कार्यालय घेराउ गर्न पुगेका थिए । निर्वाचन कार्यालय घेराउ गरेको कारण नयाँ शक्तिका ३७ नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेल बहादुर पाण्डेले जानकारी दिए । पक्राउ परेकोहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:49:28 PM  |