19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एमालेको बैठक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३  

कोहलपुर, १८ चैत्र / नेकपा एमाले राप्ती सोनारी गाउँ कमिटीको प्रथम पूर्ण बैठक बिहीबार अगैयामा सम्पन्न गरिएको छ । कमिटी संयोजक लालबहादुर थापाको अध्यक्षता तथा इन्चार्ज सूर्य ढकालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै राप्ती सोनारी गाउँपालिकाको अवसर र चुनौतीलाई समेटी नेकपा एमाले राप्ती सोनारी घोषणा पत्र तयार गर्ने निर्णय गरेको छ । जसका लागि रुद्र डाँगीको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै चुनावी समिति तयार गर्न इन्चार्ज सूर्य ढकालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले चैत्र १८ र १९ गते सबै वडा कमिटीको बैठक बसाउने र चैत्र २० गते बैजापुरमा विस्तारित अगुवा कार्यकर्ताको भेला गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १८, २०७३     12:45:37 PM  |