22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

बाँकेमा एसइईको तयारी पूरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३  

कोहलपुर, ३ चैत्र / बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा अर्थात सेकेण्डरी एजुकेशन एक्साम (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेले बुधबार नेपालगन्ज पत्रकार सम्मेलन गर्दै परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदका अनुसार परीक्षाका लागि बाँकेमा ३१ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षामा छात्रा ४ हजार ५ सय ४५ र छात्र ४ हजार २ सय ३५ जना गरी जम्मा ८ हजार ७ सय ८० जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय बाँकेले जानकारी दिएको छ ।
जसमा नियमित तर्फ ३ हजार ७ सय ६६ छात्रा र ३ हजार ७ सय १४ जना छात्र गरी जम्मा ७ हजार ४ सय ८० जना परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । एक्जाम्टेड र ग्रेडवृद्धितर्फ १ हजार ३ सय जना, प्राविधिक तर्फ ४८ जना र खुल्ला तर्फ १ सय ८२ जना विद्यार्थीहरु परीक्षा सहभागी हुँदैछन् । प्रश्नपत्रहरु जिल्लाका सम्पूर्ण परिक्षा केन्द्रहरुमा पुगिसकेको जिल्ला शिक्षा अधिकारी साउदले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     12:18:48 PM  |