20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपाल टाईगर फाइनलमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३  

कोहलपुर, २७ फागुन / नेपाल टाईगर स्पोर्ट्स क्लब नेपालगन्जमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनल खेलमा युनाईटेड भिजन स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल टाईगर फाईनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग रोजेको युनाईटेडले १३ ओभरमा १० विकेट गुमाउँदै ६३ रन बनाएको थियो । जसमा सुजीत आचार्यको १९ तथा मदन बि.क.को ११ रनको योगदान रहेको थियो । नेपाल टाईगरका अविनास बोहराले ३ विकेट तथा अमर सिंह रौटेला र अजय साहनीले क्रमस २÷२ विकेट लिए । ६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपाल टाईगरले ७.२ ओभर खेल्दै २ विकेटको नोक्सानीमा उक्त लक्ष्य प्राप्त गर्न सफल भयो ।
नेपाल टाईगरका सिद्धान्त राज शाहीले २२ रन र भीम शाहीले १२ रन बनाए । युनाईटेडका प्रवेज खानले २ विकेट लिन सफल भए । नेपाल टाईगरका अविनास बोहरा म्यान अफ द म्याच घोषित भए ।
शनिबार उपाधि जित्नका लागि नेपाल टाईगर र रोयल स्पोर्टस क्लब बीच फाईनल खेल हुने प्रचार प्रसार संयोजक जावेद अहमदले जानकारी दिए । प्रतियोगिता मा ८ वटा क्लबको सहभागिता रहेको छ । नकआउट प्रणालीमा संचालन भईरहेको प्रतियोगिताको विजेता टिमलाई ५१ हजार तथा उपविजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संचालन समितिका संयोजक सुनील सिंह हमालले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     1:29:40 PM  |