कालिकोट, १९ फागुन / कालिकोट सदरमुकाम नजिकैको ताडीमा माटोको ढिस्कोले पुरिंदा ताडी गाउँका एकजनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् ।
एकै गाउँका आठजना महिला घर पोत्ने माटो निकाल्न गएका बेला माथिबाट खसेको ढिस्कोले उनीहरुलाई पुरेको प्रत्यक्षदर्शी प्रकाश पाण्डेले जानकारी दिए । माटोको ढिस्को खस्दा मान्म ताडी ८ का २८ वर्षिया सीता पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइते हुनेहरुमा वडा नं. ८ का १८ वर्षिया बिन्दु पाण्डे, वडा नं. ९ का २६ वर्षिया कलहरी पाण्डे, रकु गाविस ९ का १८ वर्षिया अम्बिका देवकोटा, मान्म ताडी ८ का १५ वर्षिया कमला पाण्डे, वडा नं ९ का ६५ वर्षिया बुची पाण्डे, वडा नं. ७ का ४० वर्षिया आइती बि.क. र वडा नं. ९ का २८ वर्षिया सोनिमा पाण्डे रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७३ फागुन १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्