20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भारतद्वारा सांसदलाई पाँच करोडको अफर ः शर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३  

कोहलपुर, १६ फागुन /  कोहलपुर, १६ फागुनराष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले संविधान संशोधन पारित गराउन भारतले प्रत्येक सांसदलाई ५ करोडको अफर दिएको आरोप लगाएका छन् ।
कोहलपुरमा भएको पत्रकार भेटघाटमा महासचिव शर्माले भारतले सांसद खरिद गर्ने गरेको आरोप लगाएका हुन् । उनले संशोधन प्रस्तावको विरुद्ध मतदान गर्ने बताउँदै संशोधन
प्रस्ताव पारित हुन नसक्ने जिकिर गरे ।
एमाले, जनमोर्चा लगायत ९ दल संगठित भएर संशोधन प्रस्ताव पारित हुन नदिने उनको भनाई छ । यस्तै उनले मधेशबादी दलको विरोधका कारण स्थानीय निर्वाचन नरोकिने उल्लेख गरे । मुलुकलाई निकास दिन स्थानीय निर्वाचनको विकल्प नरहेको उनको भनाई छ ।
यसैबीच पु.सा.पा. नेपाल पार्टी राष्ट्रिय जनमोर्चामा समाहित भएको छ । पु.सा.पा. नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर देवकोटालाई पार्टी सदस्यता दिएर राष्ट्रिय जनमोर्चामा समाहित भएको घोषणा गरिएको हो । जनमोर्चाका महासचिव शर्माले देवकोटालाई पार्टी सदस्यता हस्तान्तरण गरेका थिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     12:49:37 PM  |