24 September 2023  |   सोमवार, अशोज ८, २०८०

क्षतिपूर्ति रकम हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३  

 कोहलपुर, २५  माघ / निर्धन उत्थान बैंक लि. शाखा कार्यालय कोहलपुरले बनकट्वा ९ पार्वतीपुरकी ‘ग’ स्वावलम्बी समूह सदस्य स्व. माया शाहीको परिवारलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ । आइतबार भएको श्रद्धाञ्जली सभामा क्षेत्रिय प्रबन्धक आनन्दकुमार गौतमले स्व. शाहीका श्रीमान विरेन्द्रबहादुर शाहीलाई ५ लाख ७६ हजार रुपैंया क्षतिपूर्ति रकम हस्तान्तरण गरे । उनले बैंकले कर्जा बचत सेवा मात्र दिएर विपन्न समुदायको गरिवी घटाउन नसकिनेlimited भन्दै मेट लाईफ कम्पनीसंगको सहकार्यमा ग्रामिण वीमा कार्यक्रम संचालनमा ल्याएको बताए ।

समुह मार्फत निर्धन बैंकसँग विगत १४ वर्ष देखि कर्जा बचत कारोबार गर्दै आएकी मायाले ग्रामिण लघु वीमामा प्रति हजार चौसठ्ठी रुपैंया
प्रिमियम बुझाएर दुई लाखको वीमा गरेकी थिइन् । उनले बैंकबाट २ लाख कर्जा लिएर वनकट्वा सम्झनाचोकमा मेडिकल ब्यवसाय चालन गर्दै आएकी थिइन् । उनको सर्पदंशबाट मृत्यु भएपछि उनका परिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको हो ।
शाखा कार्यालय कोहलपुरबाट २ हजार ८ सय ३० जना सदस्यहरुको वीमा भएको र सो वीमा वापत यस आर्थिक वर्षमा चारजनालाई १३ लाख १० हजार ६ सय रुपैंया क्षतिपूर्ति वितरण गरिएको शाखा प्रबन्धक शशिधर पराजुलीले बताए ।

कोहलपुर, नौवस्ता, बनकट्वा टिटिहिरिया, चिसापानी, शमशेरगंज र महादेवपुरी गाविसमा १५४ वटा महिला स्वाबलम्बी समूह गठन गरि ३९७४ जना सदस्यहरुलाई हाल सम्म १ अर्ब ४० करोड ४५ लाख कर्जा लगानी गरिएको शाखाले जनाएको छ । पार्वतीपुर ग समुह की समुह सदस्य मिना कुमारी वलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बैंकका सहायक शेषराज गौतमले गरेका थिए ।
कार्यक्रममा समुह सदस्य, अभिभावक, राजनीति दलका प्रतिनिधी, बैंक कर्मचारी लगायत ४० बढीको सहभागिता थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     12:52:01 PM  |