18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

अन्तक्र्रिया कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १७, २०७३  

कोहलपुर, असार १७
भेरी शित भण्डार सहकारी संस्था लि. कोहलपुरले जुम्लाका स्याउ उत्पादक किसान र सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा जुम्लामा उत्पादित स्याउहरुको सफल भण्डारण कसरी गर्न सकिन्छ, ग्रेड र प्याकेजिङ्ग राम्रो गरेर ल्याई तीन सय मेट्रिकटन सम्म आएमा मंसिर र पौष सम्ममा शीत भण्डारले भण्डारण गरिदिने लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा भेरी शित भण्डारका अध्यक्ष डोलराज अर्यालको सभापतित्व, जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष बालकराम देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । किसानहरुलाई स्याउ सहज रुपले पु¥याउन नसकेको देवकोटाले बताए ।कार्यक्रमको संचालन व्यवस्थापक मदन रावतले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, असार १७, २०७३     4:18:10 PM  |