कोहलपुर, जेठ ३०
कोहलपुरस्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । कोहलपुरमा पत्रकार सम्मेलन गर्दै क्याम्पस संचालक समिति सदस्य भूमबहादुर भण्डारीले क्याम्पसमा आर्थिक गतिविधि अपारदर्शी रहेको आरोप लगाएका हुन् ।
उनले लेखा प्रतिवेदनले पनि आर्थिक गतिविधि अपारदर्शी भएको दावी गरेका छन् । लेखा प्रतिवेदनमा महायज्ञबाट उठ्न बाँकी रकम उल्लेख नगरिएको उनले बताए । यस्तै प्रत्येक वर्ष क्याम्पसले छुट्याउने २ लाखको टाईबेल्टमा पनि भ्रष्टचार गरेको उनले आरोप लगाएका छन् । ‘आ.व. २०७१÷०७२ को लेखा प्रतिवेदनमा २ लाखको टाई बेल्ट खरिद गरेको क्यापसले विक्री गरेको पनि देखिएको छैन, न त स्टक नै छ’ उनले भने ।
यस्तै प्रत्येक महिना २४ हजार देखि ९७ हजार रुपैयाँ हिनामिना हुने गरेको उनले बताएका छन् । ‘त्यो रकम न बैंकमा देखिन्छ न नगद खर्चमा देखिन्छ, त्यो कहाँ जान्छ ?’ उनले भने ‘मासिक रुपमा २४ देखि ९७ हजार सम्म घोटाला भएको छ ।’
क्याम्पसमा प्रध्यापकहरुले ६ देखि ९ बाट पिरीयड पढाउने गरेका छन् । क्याम्पसले तीन वटा पिरीयड अनिवार्य गरेपनि अन्य पिरीयड भने ‘ओटी’ मा पढाउने गरेका छन् । जसका कारण क्याम्पसलाई मार परिरहेको उनले बताए । एउटा प्रध्यापकलाई ४ वटा पिरियड अनिवार्य गरिनुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा उनले महायज्ञको नाममा अनियमितता तत्काल पारदर्शी गरिनुपर्ने, लेखा समितिको प्रारम्भि प्रतिवेदनमा दोषि देखिएका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने वा घाटा व्यहोर्नुपर्ने, निमित्त क्याम्पस प्रमुखले डिग्रीको विद्यार्थीको विद्यार्थीलाई गार्ड राखेकाले कारबाही गरिनुपर्ने लगायतका माग राखेका छन् ।
यो विषय पार्टीमा पनि उठाउने बताउँदै उनले पार्टीले अर्को निर्णय नगर्दासम्म आफू क्याम्पसको सञ्चालक समिति सदस्य नरहने जानकारी समेत गराएका छन् ।
प्रकाशित मिति : २०७३ जेठ ३० गते आइतबार
प्रतिक्रिया दिनुहोस्