गृहमन्त्री बस्नेतद्वारा ईलाका प्रशासन कार्यालयको उद्घाटन



कोहलपुर, जेठ २७
बाँकेको कोहलपुरमा कोहलपुर इलाका प्रशासन कार्यलयको उद्घाटन भएको छ । कोहलपुरमा बिहीबार आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री शक्ति बहादुर बस्नेतले कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारले अब केहि समय भित्र अति महत्वपूर्ण स्थानहरुमा डिजिटल पोष्टहरु राख्ने तयारी गरिरहेको बताए । ‘मुलुक द्वन्द्वका कारण एक दशक र संक्रमणकालका कारण एक दशक गरी २ दशक पछाडि परेको छ’ उनले भने ‘अब परिवर्तनलाई संस्थागत गर्ने र अर्थिक विकास, सुशासन, शान्ति सुव्यवस्था कायम गर्दै मुलुकको विकासमा लाग्न जरुरी छ । साथै नेपाल प्रहरीलेहरुले प्रविधिको प्रयोगसँगै प्रवृत्तिमा परिवर्तन ल्याउन आग्रह गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कचनापुर–२ का विक्रान्त डाँगीलाई नागरिकताको प्रमाणपत्र वितरण गरेर कार्यालयको उद्घाटन गरिएको थियो ।

13315708_1030258103709475_5910309209725076653_n
कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद दिनेशचन्द्र यादव, क्षेत्र नम्बर १ का सांसद देवराज भार, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र शर्मालगायतले पनि आफ्ना धारणा राखेका थिए ।
बाँकेको पूर्वी तथा उत्तरी भेगका खासकुश्मा, कचनापुरी, महादेवपुरी, नौबस्ता, चिसापानी, बनकटवा, शम्शेरगन्ज र कोहलपुर नगरपालिकाका करिव २ लाख सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट पाउने सबै सेवा अब ईलाका प्रशासन कार्यालय कोहलपुरबाट पाउने छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ २७ गते बिहीबार