22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

मदनचौकमा तरकारी हाटबजार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७३  

कोहलपुर, जेठ १४
रझेना तरकारी उत्पादक सहकारी संस्थाले कोहलपुर ३ मदनचौकमा तरकारी हाट बजार सञ्चालन गरेको छ । जेष्ठ ६ गतेदेखि शुरु भएको तरकारी हाटबजारमा तरकारी खरिद गर्न आउने उपभोक्ताहरुको संख्यामा वृद्धि भएको छ ।
हप्ताको दुई दिन सोमबार र बिहीबार हाट बजार सञ्चालन हुने तरकारी हाटबजारमा नौवस्ता, कोहलपुर, रझेना, पेडारी, गोहवा लगायत ठाउँबाट कृषकहरु तराकारी बेच्न आउने गरेको संयोजक झग्गु गिरीले जानकारी दिए ।
उनले हाल निःशुल्क रुपमा कृषकहरुलाई हाटबजारमा प्रवेश दिएको बताएका छन् । केही समयपछि न्यूनतम शुल्क निर्धारण गरिने उनले बताए । उनले भविष्यमा तरकारी संकलन केन्द्रका रुपमा हाट बजारलाई विकास गरिने उल्लेख गरे ।
हाटबजारमा बिहीबार ४० कृषकहरुले तरकारी बेचे भने सय बढी उपभोक्ताहरुले तरकारी खरिद गरेको संचालक समिति सदस्य मोहन महताराले बताए । बिहीबार लौका ५ सय केजी, फर्सी २ सय केजी, कांक्रा २ सय केजी, कटहर ३ सय केजी, टमाटर ५ सय केजी, खुर्सानी सय केजी विक्री भएको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७३     8:27:55 AM  |