जेष्ठ १३, कोहलपुर/यातायात मजदुर व्यवसायीले आज देशव्यापी रुपमा भाडाका सवारी साधान बन्द गराएका छन् । व्यवसायी संघको जक्काजामका कारण बिहानैदेखि सार्वजनिक तथा भाडाका सवारी चलेका छैनन् । त्यस्तै इरिक्सा र ट्याक्टरहरु पनि चलेका छैनन् ।
यस्तै मोटरसाइकललाई भने आग्रह गरिएको तर, अवरोध भने नगरेको आन्दोलन परिचालन मुल कमिटी कोहलपुरका प्रवक्ता गोविन्द प्रवक्ता पौडेलले जानकरी दिए ।
भाडाका सवारी नचल्दा लामो तथा छोटा गन्तव्यका लागि सडकमा निस्किएका यात्रुलाई समस्या परेको छ । चक्काजाम साँझ ५ बजेसम्म जारी रहने पौडेलले जानकारी दिए ।
यसैबीच यात्रु बोक्ने रा १ च २९० नम्बरको एम्बुलेन्सलाई आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । दाङ्गबाट यात्रु बोकेर आउँदै गर्दा सो एम्बुलेन्ससलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाईएको प्रवक्ता पौडेलले बताए ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनका लागि जेठ एक गतेदेखि लागूहुनेगरी पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना लिने नियम लागू गरेको छ । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै आजका लागि चक्काजाम घोषणा गरेका हुन् ।
प्रकाशित मिति : २०७३ जेठ १३ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्