20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

दुई कट्ठाबाट शुरु दश वर्षमा एक विगाहा बढी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७३  

खगेन्द्र दाहाल
कोहलपुर, बैशाख २८
बाँके ढोडेगाउँका मोहिद्वीन बागवान उमेरले ३१ वर्षका
भए । बागवानले व्यवसायिक तरकारी खेतीगर्न थालेको भने १० वर्ष बढी भैसक्यो । बागवान व्यवसायिक रुपमा तरकारी खेती गर्नु भन्दा पहिले गाउँ गाउँबाट उत्पादीत तरकारी खरिद गरेर नेपालगञ्ज बजारमा विक्री गर्ने गर्थेे ।
दश वर्ष अघि दुई कट्ठा क्षेत्रफलबाट व्यवसायिक तरकारी खेती शुरु गरेका बागवानले फाईदा हँुदै
गएपछि अहिले २५ कट्ठा क्षेत्रफल सम्म तरकारी खेती विस्तार गरेका छन् । वर्षभरीमा कहिले काहि एक दुई महिनामा मात्र तरकारी उत्पादन नहुने उनको बारीमा अन्य मौसममा सधै ताजा तरकारीहरु पाईन्छ । व्यवसायिक तरकारी खेती गर्नुभन्दा पहिले उनको घरपरिवारको स्थिति दयनिय थियो । साँझ र विहानको छाक टार्न नै मुस्कील पर्ने गरेको बताउने कृषक बागवान आफ्नो बुवा र दाईले तरकारीको व्यापार गरेको देखेर आफुपनि यहि व्यवसायमा लागेका हुन् ।
पहिले बागवानको परिवार सगँ जग्गा जमिन केहि थिएन । तर अहिले उत्पादन भएको तरकारी विक्री गरेरै ७ कट्ठा जमिन खरीद गरिसकेका छन भने आधुनिक चार कोठे घर निर्माण गर्न थालनी गरेका छन् । व्यवसायिक तरकारी खेतीबाट बागवानले खर्च कटाएर वार्षिक चार लाख बचत गर्ने गरेको
बताए । आफ्नो तरकारी बारीमा आफ्नो परिवार सँगै दिनहु ३, ४ जनालाई
रोजगारी समेत दिने गरेको उनले भने ।
व्यवसायिक रुपमै तरकारी खेतीबाट प्रगती गरेका युवा कृषक बागवानले उत्पादित तरकारी नेपालगञ्जका विभिन्न बजारमा पु¥याउने गरेका छन । पढाइको कुरा गर्ने वित्तिकै उनले भने ‘मैले कति पनि पढेको छैन पहिले खान लाउन पुग्थेन र पढ्ने बेला व्यापारतिर लाग्न प¥यो तर पनि हिसाव भने सबै आउँछ ।’
तरकारी खेती गर्दै जादा यो वर्ष जिल्ला कृषि विकास कार्यलय बाँकेले बगवानलाई युवा लक्षित कार्यक्रम आन्तरर्गत ६० हजार रुपैया सहयोग समेत गरेको बागवानले बताए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७३     3:07:54 PM  |