गर्मी हुनासाथ हामीमध्ये धेरैको मन चिसो पानीमा जान्छ । घाममा खलखली पसिना बगेको बेला चिसो पानी खाँदाको आनन्द बेग्लै हुन्छ । तर कतिपय अवस्थामा फ्रिजको चिसो पानीले स्वाथ्यमा धेरै असर गर्छ ।
यसले पाचन पक्रियालाई सुस्त बनाउँछ, कब्जियत एसिडिटी बढाउनुका साथै नमिठो डकार आँउछ र पेट डुम्म बनाउँछ ।
गर्मीमा बहिरको तापक्रम अत्यधिक हुन्छ । अचानक फ्रिजको चिसो पानी खाँदा छातीमा कफ जम्मा हुन्छ । चिसो पानीले टन्सिल बढाउँछ ।
फ्रिजको पानी पिएपछि शरिरको ऊर्जा शरिरको तापक्रम मेन्टन गर्न खर्च हुन्छ, जसको असर पाचन प्रणालीमा पर्न जान्छ । किनकी धेरै चिसो खाँदा शरिरले आवश्यक पोषण तत्वलाई पूर्ण रुपमा सोस्न सक्दैन ।
चिसो पानीले रक्त प्रबाह कमजोर हुँदा मुटुलाई रगत पम्प गर्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ जसका कारण मुटुको चाल सुस्त हुन्छ ।
चिसो पानीले शरिरको प्रतिरोधात्मक क्षमता कम्जोर बनाउँछ, जसका कारण शरिरमा एलर्जी र अन्य रोगको जोखिम बढ्छ ।
जसको पुरा अशर दिमागमा पर्न जान्छ । चिसो पानीले अचानक टाउको दुखाउन सक्छ ।
चिसो पानीले आँतलाई कडा बनाउँछ । पाचन पक्रियाको क्रममा यसले खानलाई सजिलै प्रवाह गर्दैन । जसका कारण आतसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।
चिसो पानीले रक्त प्रवाहमा सुस्त पारिदिदा रक्तचापको समस्या बढ्छ ।
चिसोपानीले शरिको तापक्रम अचानक घटाउदा शरिर आलस्य हुन्छ । तापक्रमलाई मेन्टेन गर्न शरिरको ऊर्जा खर्च हुँदा शारीरिक गतिविधि सुस्त हुन्छ ।
प्रतिक्रिया दिनुहोस्