25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुरका ‘लुटबहादुर’ र ‘चोटबहादुर’ !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७८  

-अछुत कोपिला
कोहलपुर नगरपालिकाका नगरप्रमुखको नाम लुटबहादुर रावत हो । धेरै मानिसले उनलाई सम्मान गरेर ‘बा’ सम्बोधन गर्छन् । उनलाई ‘कोहलपुरका बा’ समेत भन्ने गरिन्छ । जसले उनलाई ‘बा’ भन्छन् । उनीहरुको लागि उनी ‘कोहलपुरका बा’ हुन् । खासमा उनी मानिस हुन् । लुटबहादुर त नाम मात्र हो ।

 

 

 

 

 

अहिले भने उनी जनताद्धारा निर्वाचित जनप्रतिनिधि हुन् । पंक्तिकार उनलाई एक नागरिकको तर्फबाट कोहलपुर नगरपालिकाको नगरप्रमुखका हिसाबले चिन्दछ । पत्रकार हुनुका नाताले म उनलाई मेयर साप ! भनेर सम्बोधन गर्छु । उनले पनि मलाई ‘पत्रकार बाबु’भनेर सम्बोधन गर्दछन् ।

जस्तो हाम्रो देशका प्रधानमन्त्री खड्कप्रसाद ओलीलाई उनका समर्थक ‘केपी बा’ भन्छन् । अझ अघि बढेर उनको जयजयकार गर्न ‘आइ लभ यू केपी बाबा’ भन्ने नारा नै बनेको छ ।कोहलपुरमा पनि लुटबहादुरलाई ‘बा’ मान्नेहरुको जमात धेरै छ । यो बा प्रवृत्ति आफैमा एक व्यक्तिबाद हो । राजनीतिमा यसलाई असामान्य मानिन्छ ।

इतिहासलाई फर्केर हेर्दा नेपालमा पनि उहिलेका राजा र महाराजा र प्रधानमन्त्रीहरुलाई विभिन्न नामले सम्बोधन गर्ने गरेको पाइन्छ । उनीहरु कसैलाई कामका कारण, कसैलाई प्रवृत्तिगत रुपमा र सम्मान तथा सादर गर्नको लागि उपनाम दिइएको थियो । स्कूलका पिता भनेर श्री ३ पद्य शमशेरलाई भनिन्छ । उनले नेपालमा विद्यालय शिक्षमा योदान गरेका छन् । श्री ५ सुरेन्द्रलाई सन्की राजा÷ बौलाहा युवराजको उपमा दिइएको छ । उनको प्रवृत्ति नै त्यस्तै थियो ।

दोस्रो ‘गौतमबुद्ध’को रुपमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई चिनिन्छ । उनले शैक्षिक क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् ।
‘राजाका कम्युनिष्ट’ भनेर केशरजंग रायमाझीलाई चिन्ने गरिन्छ । उनी जिन्दगीभर कम्युनिष्टको खोल ओढेर राजाको दास बने ।
जसरी अहिलेका शासक केपी ‘बा’ (ओलीलाई मन पराउनेहरुको भाषामा) ।उनलाई सन्की र झुट बोल्ने शासकको रुपमा लिन्छ, राज्यको एक वर्गले । ओलीले सन्की शासकको उपमा दिनेहरुमा बुद्धिजीवीहरुको जमात ठूलै छ ।

जसलाई ओलीले बुद्धिजीवी मान्दैनन् । यतिमात्रै होइन ओली आफ्ना बिरोधी र मिडियामा प्रति रुखो रुपमा प्रकट हुन्छन् । तर ओलीलाई ‘बा’ राजनेता, जनताप्रेमी विकासप्रेमी नेता मान्नेहरुको जमात पनि धेरै छ ।

यसमा साइबर सेनाहरु अग्रपंक्षीमा छन् । उनीहरुलाई सामाजिक प्लेटफर्ममा ओली र सरकारको जयजयकार गर्न र सरकारले गरेका कामहरुको प्रचार गर्न पालनपोषण गरिएको छ ।

कोहलपुरका ‘बा’ पनि ओलीका अनुयायी हुन् । सिद्धान्तका हिसाबमा उनीहरु एउटै पार्टी र विचारमा आवद्ध छन् । तरका कोहलपुरका ‘बा’ र केपी ‘बा’ मा आकाश पातालको फरक छ । उनले पनि धेरै अन्तर नरहेका उनीहरु अहिले जनताका प्रतिनिधि हुन् । उनीहरुको भूमिका पनि कार्यकारी नै छ । तर उनीहरुको भिन्नताको दुरी भने धेरै लामो र टाढा छ ।

पाठकहरुमा सादर अनुरोध यहाँ, लुटबहादुर रावतको विषयमा चर्चा, विरोध वा आलोचना गर्न खोजिएको छैन । जनताका जनप्रतिनिधि कोहलपुर नगरपालिकाका प्रमुख हुनुका नाताले उनका केही कमजोरीबारे उजागर गर्न खोजिएको हो । शीर्षकमा ‘लुटबहादुर’ सांकेतिक नाम हो । ‘लुटबहादुर रावत’ होइन । ‘चोटबहादुर’का रुपमा जनतालाई भन्न खोजिएको छ
कोहलपुरको ‘३२९’ क्रेटा  कार काण्ड
केहीदिनयता कोहलपुर नगरपालिकाको विषयमा एउटा विषय सामाजिक सञ्जालमा निकै चर्चा र विवादको विषय बनेको छ, त्यो हो ३२९ नम्बरको क्रेटा कार काण्ड । बाँके जिल्ला देशभर मै कोरोना संक्रमणको हटस्पट बनिरहेको छ । बाँकेमामा कोरोनाका बिरामी अक्सिजन र अस्पतालमा बेड नपाएर छटपटाउँदै मरिरहेका छन् । कोहलपुरमा समेत कोरोना संक्रमणको दर उच्च रहेको छ ।

  कोहलपुर नगरपालिकाद्धारा खरिद गरिएको लाखौँ मूल्यको क्रेटा कार

कोहलपुरमा पछिल्लो एकसाता यता सरदर एक जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । तर कोहलपुर नगरपालिकाको तयारी हेर्दा सन्तोषजनक अवस्था छैन । ठिक यही बेला कोहलपुरमा कार काण्ड एकाएक चर्चामा आएको हो । कोहलपुर नगरपालिका जनप्रतिनिधि आफ्नो राजनीतिक स्वार्थमा व्यस्त देखिन्छन् ।

यसमा कोहलपुरका जनप्रतिनिधिदेखि राजनीतिक दल नागरिक सम्मले कोरोनाको समयमा मानिसहरु अक्सिजन नपाएर मरिरहेका बेला जनप्रतिनिधि र कर्मचारीका लागि बिलासी कार ल्याएर राज्यको सम्पतिमा पनि लुट भएको भन्दै विरोध भइरहेको छ ।

अहिले चर्चामा आएको हुन्डाई कम्पनीको क्रेटा कारको सरदर मूल्य करिब ५० लाख सम्म पर्छ । जुन आज भन्दा चार महिना अघि किनिएको थियो । महामारीको समयमा एम्बुलेन्स समेत नरहेको कोहलपुरमा कार किनेको भन्दै विरोध सुरु भएको हो ।
कोरोना बिरामीको लागि अस्पतालको बेड र अक्सिजनको लागि पैसा नपुग छ भन्ने अनि कोरोनाको समयमा लाखौँको कार चढ्ने ? राज्यको सम्पतिमाथि लुटतन्त्र चलिरहेको छ, स्थानीय सरकार जनताप्रति अनुदार बन्दै आइरहेको छ, नागरिकको प्रश्न हो यो त । कोहलपुर नगरपालिकामा यसअघि एक महेन्द्राको स्कारपियो एक टाटा सुमोको लाखौँ मूल्य पर्ने गाडि छ ।

तीन वटा मध्ये एक गाडी कोहलपुरका नगरप्रमुख लुट बहादुर रावतले प्रयोग गर्दै आएका छन् । नगरप्रमुखका हैसियतले उनले गाडी प्रयोग गर्नु अनौठो होइन । तर कोहलपुरमा जनप्रतिनिधिमा देखिएको सवारी र मोटरसाइकल मोड भने गज्जब कै छ । उप–प्रमुख सन्जुकुमारी चौधरीले प्रयोग गर्ने गाडी छुट्टै छ । अहिले विवादको विषय बनेको क्रेटा गाडी प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीको लागि ल्याइएको हो ।

कार खरिद्का विषयमा बुझ्दा प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसँग समन्वय नगरेर मनोमानी रुपमा खरिद् गरेको देखिन्छ । अनौठो त के पनि सुन्नमा आएको छ भने, उप–प्रमुखले समेत उक्त गाडी आफूले प्रयोग गर्न पाउनुपर्ने भित्राभित्र दाबी गर्दै आएकी छन् । उनले यसअघि नै नगरपालिकाको उप–प्रमुख केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा समेत उनले यसबारे असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

नगरपालिकाका प्रवक्ता समेत रहेका एक वडा अध्यक्षले समेत विरोध जनाए । भने कोहलपुर नगरपालिकाका कट्टर प्रतिपक्षीको पहिचान बनाएका एक अर्का वडा अध्यक्षले पनि विरोध जनाए । यस विषयमा अहिले पनि पक्ष र विपक्षमा बहस भइरहेको छ । माओबादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी कार काण्डको विरोधमा सांकेतिक विरोध गर्दै नगरप्रमुखलाई ‘क्रेटा कार’ उपहार दिएको थियो ।

तीन वटा गाडीको मोटामोटी हिसाब गर्ने हो भने राज्यको १ करोड ५० लाख भन्दा बढी अनावश्यक खर्च भएको देखिन्छ। यस्तै कोहलपुर नगरपालिकाका कर्मचारीका र जनप्रतिनिधिको लागि २९ वटा मोटरसाइकल एक स्कुटर समेत रहेको छ । यी सबैको इन्धन खर्च नगरपालिकाले व्यवहोर्दै आइरहेको छ ।

बुझिएअनुसार कोहलपुर नगरपालिकाका कर्मचारीहरु आवासको सुविधा समेत लिने गरेका छन् । कोहलपुर नगरपालिकामा हुने गरेका निर्माण निर्माणका काममा समेत अनधिकृत रुपमा हुने गरेको कुरा नौलो होइन । कर्मचारी र जनप्रतिनिधिको मिलेमत्तोमा हुने कमिसन खेल त हरेक स्थानीय तहको रोग नै बनिसकेको छ ।

कोभिड–१९ र कोहलपुर

लाजमर्दो त के छ भने कोहलपुर नगरपालिकामा अहिलेसम्म आफ्नै एम्बुलेन्स छैन । अहिले रेडक्रमसँग भाडामा मागेर एउटा एम्बुलेन्स प्रयोग भइरहेको छ । रेडक्रस र कोहलपुर नगरपालिका बीचको सम्झौता अनुसार दैनिक २३ सय रुपैयाँका दरले नगरपालिकाले रकम दिने सम्झौता भएको छ ।

    अखिल क्रान्तिकारीद्धारा प्रमुख लुटबहादुर रावतलाई उपहार दिइएको कार

 

पछिल्लो समय कोहलपुरमा विवादको विषय बनेको कारण पनि यहीँ हो । नगरबासीहरुको प्रश्न छ, एम्बुलेन्स खरिद् नगर्ने लाखौँ मूल्यको कार किन्ने ? यसमा स्वयम कोहलपुर नगरपालिकाका उप–प्रमुख देखि वडाअध्यक्ष सम्मले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

कोहलपुर नगरपालिकामा बहुमतको अहमले राम्रो काम हुन सकेको छैन । नगरपालिका पालिकाका बैठकमा एम्बुलेन्स खरिद गर्ने निर्णय भएको थियो । तर क्रेटा कार खरिद् भयो ।

यस विषयमा नगरप्रमुखको स्पष्टिकरण छ,‘ कार खरिद्का विषयमा मलाई खरिद् गरेर ल्याइसकेपछि मात्रै थाहा भयो । पहिला सामान्य कुराकानी भएको थियो । कर्मचारीले प्रभावकारी समन्वय गरेनन् । एम्बुलेन्सका विषयमा लामो समयदेखि प्रयास गरिएपनि विभिन्न झन्झटका कारण सम्भव हुन सकेको छ ।’

कोहलपुर नगरपालिकाले जेष्ठ नागरिक तथा सुत्केरी महिलाहरुका लागि सुविधासम्पन्न एम्बुलेन्स खरिद् गर्ने प्रक्रिया अघि त बढेको छ । तर मूर्त रुपमा पाउन सकेको छैन ।अहिले कोरोनाका कारण कोहलपुरमा भयावह स्थिति बन्दै छ । भाडाको एम्बुलेन्स चलिरहेको छ । आफ्नै एम्बुलेन्स तल्काल आउनेमा शंकै छ ।

कोरोनाका कारण दैनिक मानिसहरुको अकालमा मृत्यु भइरहेको छ । केही दिन अघि कोहलपुर ९ मा एक कोरोना संक्रमितले होम आइसोलेसनमा आत्महत्या गरे । तर समय एम्बुलेन्स नपाएर उनको मृत्यु भयो । सरसर्ती हेर्दा कोहलपुर नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जिम्मेवार रुपमा लागिरहेको देखिदैन । नगरबासीले समेत नगरपालिकाले यस विषयमा गम्भीर रुपमा लाग्न आग्रह गरेका छन् ।

अझै केही महिना कोरोनाले झन भयावह स्थिति हुने सम्भावना प्रवल छ । तर त्यसको लागि नीतिगत रुपमा नगरपालिका अहिले पनि अघि बढ्न सकिरहेको देखिदैन ।

कोहलपुर नगरपालिकामा लुटतन्त्र चलिरहेको बेलाबेलामा मिडियामा आउने गरेका छन् । यहाँ हुने गरेका विकास निर्माणमा समेत आचोलना नहुने गरेको होइन । पहिलो चरणको कोरोनाको समयमा समेत अनावश्यक खर्च गरेको भन्दै खुबै आलोचना भएको थियो । अहिले क्रेटा कार काण्डले सबैलाई लज्जित बनाएको छ ।

तर लुट बहादुर नाम गरेका नगरप्रमुखको भूमिका माथि बारम्बार प्रश्न उठ्ने गरेको यो पहिलो पटक भने होइन । खासमा कोहलपुरमा प्रमुखमाथि मुठिभरका कर्मचारी र केही जनप्रतिनिधि हाबी भएको साँचो हो । उनीहरुको उद्देश्य भनेको विकास निर्माण, जनपक्षीय काम होइन सेवाका नेतृत्वलाई गुम्राहामा राख्ने काम भइरहेको छ ।

सोझो रुपमा हेर्दा पनि महामारीको सयमा कारको ठाउँमा एम्बुलेन्स नै आवश्यक हो । जनप्रतिनिधिहरुका अहमता र गैर जिम्मेवारीपनाका कुरा गरेर साध्य नै छैन ।

जनताको करमा पालिएका जनप्रतिनिधि र कर्मचारीका कारण यहाँका जनताले स्थानीय सरकारको महशुस गर्न सकेका छैन । गाउँ गाउँमा सिंहदरबार उनीहरुको फगत कविताको श्लोक जस्तै हो । प्रस्तुत लेखमा ‘चोट बहादुर’का रुपमा बिम्बात्मक रुपमा कोहलपुरका निर्दाेष जनतालाई भन्न खोजिएको हो ।

प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७८     4:20:28 PM  |