26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

प्रेस स्वतन्त्रता दिवस बाँकेमा पनि मनाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७३  

कोहलपुर, बैशाख २१
सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराका साथ मंगलबार विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता दिवस मनाइदैं आएको छ ।
गत वर्ष भूकम्पका कारण प्रेस स्वतन्त्रता दिवसको कुनै कार्यक्रम नगरिए पनि यस वर्ष भने संचारसँग सम्बद्ध संस्थाहरुले यो दिवस मनाएका छन् । दिवसका अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल पत्रकार महासंघ बााकेले दिवसका अवसरमा मंगलबार नेपालगन्जमा रहेको भेरी वृद्धा आश्रमका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेका छन् ।
त्यस्तै पत्रकार तथा सञ्चारकर्मीहरु बीच चियापान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेकी सदस्य तथा महिला विभाग प्रमुख अमृता केसीको अध्यक्षता तथा मिस नेपालगन्ज २०१५ कि मिस नेपालगन्ज सुमन थापाको प्रमुख आतिथ्यमा भएको चियापान कार्यक्रममा पत्रकारहरु अझै पनि स्वतन्त्र भएर कलम चलाउन नसकिरहेको सहभागी पत्रकारहरुले बताएका थिए ।
उनीहरुले पत्रकारहरुलाई सरकारले सुरक्षाको ग्यारेन्टी नगर्दा सम्म प्रेस स्वतन्त्र हुन नसक्ने भन्दै पूर्ण प्रेस स्वतन्त्रताको माग समेत गरेका थिए । २०४६ सालपछि संविधानले संवैधानिक रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूति भने गर्दै आएको छ । २०७२ सालमा संविधानसभाबाट जारी गरिएको नेपालको संविधानले यसको प्रत्याभूति गरेको छ । सूचनामा नागरिकको पहुँच मौलिक हकको रुपमा हुनु पर्नेमा पत्रकारहरुले जोड दिएका छन् । यसैबिच विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारहरुले नागरिकहरुले सहजरुपमा सूचना पाउन नसकेको भन्दै त्यसका लागि दबाब आवश्यक रहेकोमा जोड दिए । उनीहरुले सञ्चार क्षेत्र निष्पक्ष नभएको, पत्रकारहरुको सुरक्षा नभएको भन्दै पत्रकार महासंघ गम्भिर हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७३     7:39:46 PM  |