14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

कोहलपुर सुधार समाजको ध्यानकार्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७३  

कोहलपुर, बैशाख १७
कोहलपुर सुधार समाजले कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत बिहिन भएको भन्दै दुई दिन भित्र कार्यकारी अधिकृत नआएको खण्डमा चरणबद्व रुपमा आन्दोलनमा उत्रने शुक्रबार एक प्रेस विज्ञाप्ती जारी गरेको छ । कोहलपुर नगरपालिकाका विकासका कामहरु ठप्प भएका, नयाँ आर्थिक बर्षको बजेट र कोहलपुरको विकासमा समेत नकारात्मक प्रभाव परेकोले नेपाल सरकार, स्थानिय विकास मन्त्रालय र सम्बन्धित सरोकारवाला निकाय तथा राजनीतिक दलहरुलाई तत्काल कार्यकारी अधिकृत आउनु पर्ने विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै चरम गर्मी बढेसँगै कोहलपुरमा लोडसेडिङ्ग पनि बढिरहेकोले विद्युत प्राविधिकरणको यो कार्य शैलीले जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल विद्युतको समस्या समाधान गर्नु पर्ने माग राखेको छ ।
त्यस्तै कोहलपुर सुधार समाजले कोहलपुरको बसपार्क पिच गर्नका लागि नगर विकास समितिले जनाएको प्रतिवद्धता अनुसारको हालसम्म कुनै पनि कार्य गर्न नसकेको अवस्थामा प्रतिवद्धता जनाएका ति विषयहरुलाई तत्काल प्रस्तुत गर्नु पर्ने माग रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७३     7:05:17 PM  |