विद्यालयमा स्वास्थ्य कार्यक्रम लागु गर्दै



राम बहादुर रावत
कोहलपुर, बैशाख १४
नेपालग ञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने भएको छ । कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरु सँग सहकार्य गरेर दिर्घकालिन विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्न लागेको छ ।
विद्यार्थीहरु विभिन्न प्रकारका रोगहरुबाट पीडित भईरहेको अवस्थामा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले विद्यालयमै गएर चेकजाँच गर्नका लागि यो कार्यक्रम ल्याइएको अस्पतालका निर्देशक डा. भोजराज जोशिल बताए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा शनिबार सम्पन्न भएको सामुदायिक स्वास्थ्य सेवा सम्बन्धि परिचायत्मक अन्तरक्रिया कार्यक्रमको बोल्दै डा. जोशीले दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यार्थीहरु स्वस्थ हुन आवश्यक रहेको बताए । ‘देश निर्माण गर्ने भोलिका कर्णधार भनेकै आजका द्यार्थी बालबालिका हुन’ उनले भने ‘बालबालिकाको स्वास्थ्य बच्चा अवस्थामै ठिक हुनु पर्छ भने उद्देश्यका साथ यो कार्यक्रम ल्याएका छौं । कोहलपुर क्षेत्रका विद्यालयहरुले साथ र सहकार्य गर्न अनुरोध छ ।’

sss
विद्यालयमा अध्ययन गर्ने साना बालबालिकाहरुमा कान पाक्ने समस्या, दाँतको समस्या, कुुपोषण, भिटामिन कमिबाट लाग्ने विभिन्न रोगहरु, समय अनुसार विभिन्न सरुवा रोगहरु लाग्ने भन्दै यी विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले विद्यालय स्वास्थ्य कार्यक्रमको गुरु योजना बनाएको डा. जोशि बताए । कोहलपुर क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई केहि समस्या आएमा तत्काल अस्पताल टोलि त्यस क्षेत्रमा पुग्ने लक्ष्य लिइएको बताए ।
त्यस्तै कार्यक्रममा नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालका सहायक निर्देशक डा. प्रदिप मिश्रले विद्यार्थीहरुलाई रोग लाग्नबाट बचाउनका लागि विद्यालय स्वास्थ्य कार्यक्रम ल्याउन लागेको बताए । राज्यले बालबालिकाको स्वास्थ्य नीति सम्बन्धि धेरै पहिला देखि पहल लिए पनि ग्रामिण क्षेत्रमा स्वास्थ्य नीति पुग्न नसकेको उनीले बताए । कोहलपुरका विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कसरी स्वस्थ बनाउन सकिन्छ भने लक्ष्यका साथ विद्यालय स्वास्थ्य कार्यक्रममा लागु गर्न लागेको भन्दै विभिन्न रोगबाट पीडित विद्यार्थीहरु संकलन गर्नमा कोहलपुर क्षेत्रका विद्यालयहरुले सहयोग गर्नु पर्ने उनले बताएका छन् । साथै उनले नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालको वर्तमान अवस्थाका बारेमा जानकारी समेत गराएका थिए ।
कार्यक्रममा श्री ज्ञानज्योती उच्च मा.वि. चप्परगौडिका प्राचार्य मोहन चौधरीले नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालले विद्यालय स्वास्थ्य कार्यक्रम ल्याएकोमा धेरै विद्यार्थीहरुलाई राहत मिल्ने बताए । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुले सामान्य रोगहरुको उपचार गर्न नसकिरहेको अवस्थामा यो कार्यक्रमले केहि सहयोग मिल्ने उनले बताए । साथै उनले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले महिनामा एक पटक विद्यार्थीहरुको चेकजाँच गर्नका लागि नयाँ रणनीति लिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक सुभाष पाण्डे, लड बुद्ध एजुकेशनल एकेडेमीका कर्मचारी संगठन अध्यक्ष टि.एन. रावत, कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । साथै विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गर्नका लागि नौ सदस्यि समिति पनि निर्माण अस्पतालले जनाएको छ । जसमा अस्पतालबाट तीन जना र सामुदायि तथा संस्थागत विद्यालयबाट छ जनाले सहभागिता जनाउने छन् । साथै नेपालगञ्ज मेडिकल कलेज शक्षिण अस्पतालमा सात सय ५० बेड संचालनमा आइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १४ गते मंगलबार