बाघलाई प्रयाप्त पानी छैन



कोहलपुर, बैशाख १२
देशकै कान्छो बाँके निकुञ्जमा बाघका लागि पानी अभाव चुनौतिको रुपमा देखा परेको छ । गर्मीयामको बेला पर्याप्त रुपमा बाघलाई पानी पुग्न सकेको छैन ।
बाघ लगायत अन्य आहारा प्रजातीका जनावरका लागि गर्मीयाममा पानीकोे अभाव हुँदा निकुञ्जले चुनौतीको रुपमा सामना गर्नु परेको छ । यसका साथै गर्मी समयमा हरेक वर्ष हुने आगलागीका घटनाले निकुञ्ज क्षेत्रमा वन्यजन्तु समस्यामा पर्ने गरेका छन् ।
बाँके निकुञ्ज बाघ संरक्षणका लागि भनिएको बाँके राष्ट्रिय निकुञ्जमा चौका अर्को विशेषताका रुपमा देखिएको छ । खासगरी बाघ संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको निकुञ्जमा मृग जस्तै देखिने लोपउन्मुख प्रजातीको दुर्लभ वन्यजन्तु चारवटा सिंग भएको चौका पनि अर्को विशेषताका रुपमा देखा परेको बाँके राष्ट्रिय निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।
दुर्लभ वन्यजन्तु चौकाका विषयमा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले अध्ययनसमेत गरेका छन् । यकिन तथ्याङ्क नभए पनि राम्रो अवस्थामा चौका निकुञ्जमा भेटिने गरेको छ । यससँगै अन्य आहाराप्रजाती पनि बढिरहेका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनले जनता, निकुञ्ज, नेपाली सेना र समितिको संयुक्त पहलमा निकुञ्जको संरक्षणमा भैरहेको बताएकी छन् । उनले बाँकेमा ७, सल्यानमा ३, र दाङ्ग जिल्लाका ३ गाविस मध्यवर्ती क्षेत्रमा पर्ने बताउँदै ती गाविसका बासिन्दाले लगाउने गरेको बालीनाली वन्यजन्तुले नोक्सान गरेमा क्षतिपूर्तिका लागि व्यवस्था नभएकाले यसको पहल गरिरहेको बताइन । तर, वन्यजन्तुले चौपायालाई क्षतिपु¥याउँदा भने न्यून भए पनि क्षतिपूर्ति दिन थालिएको छ ।
बाँके निकुञ्ज आसपासको ३ सय ४३ वर्ग किलो मिटर मध्यवर्ती क्षेत्र अन्तरगत ६९ किलोमिटर भाग पूर्वपश्चिम राजमार्गमा पर्ने भएकाले राजमार्ग भएर गुड्ने सयौं सवारी साधनबाट उत्पन्न प्लाष्टिकलगायतका फोहोर व्यवस्थापनका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, विभिन्न क्लवका युवा र विद्यार्थीहरुले
सरसफाई अभियानसमेत संचालन गरी वातावरण स्वच्छ र सफा राख्न थप टेवा पु¥याउँदै आएका छन् । निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारी निकुञ्ज र जनताबीचको सम्बन्ध सुमधुर रहेकाले कार्यान्वयनका चुनौतीमा सहजता आएको बताउँछन् । निकुञ्ज व्यवस्थापनका लागि १८० जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिए पनि बाँके निकुञ्जमा अहिले पनि थोरै कर्मचारीबाट कार्यसम्पादन गरिँदै आइएको छ । काजमा रहेका कर्मचारीले कार्यसम्पादन गर्नु पर्दा व्यवस्थापनमा कठिनाई हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १२ गते आइतबार