10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

बालबालिकालाई सुताउने सजिला उपाय  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३  

HealthyMomBabyसञ्चार माध्यमहरुले बच्चाको निद्रालाई कसरी प्रभाव पार्छ भन्ने विषयमा गरिएका अध्ययन तार्किक निस्कर्षमा पुगेका छैनन् । तर पनि कमजोर निद्रासँग सम्बन्धित केही पक्षलाई भने प्रकाश पारेका छन् । बालबालिकालाई सुत्न सहयोग पार्ने केही टिप्स :

शारीरिक गतिविधिलाई प्रोत्साहन गर्नुहोस

विद्यालयमा लामो समय बिताएपछि अधिकांश बालबालिका कम्प्युटर, टेलिभिजन वा बाहिर खेल्न मन पराउछन् । दिनभर हुने शारीरिक गतिविधिले विद्यार्थीलाई राम्रोसँग सुत्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ओछ्यानमा उपकरण नराख्नुहोस

ल्यापटप, ट्यावलेट, स्मार्टफोनबाट निस्कने निलो उज्यालोले हाम्रो निद्रालाई प्रभाव पार्छ । लिभिङ रुम वा बेड रुममा बालबालिका लागि बस्न वा सुत्नका लागि सजिलो स्थान बनाउने ।

हिंसात्मक एक्सपोज नगर्ने

८ वर्ष मुनिको बालबालिकालाई टेलिभिजन, भिडियो, भिडियो गेम र चलचित्रमा देखाइने हिंसात्मक द्धन्द्धबाट टाढै राख्नुपर्छ । हिंसात्मक विषयप्रति बालबालिकालाई एक्सपोज गर्दा यसले एन्जाईटी बढाउछ र अन्तत निन्द्राको चक्रलाई नै प्रभावित गरिदिने अध्ययनले देखाएका छन् ।

बेडरुम टेलिभिजन नराख्ने

टेलिभिजन र असन्तुलित वा कमजोर निद्राबीचको सम्बन्ध पूर्ण रुपमा स्थापित भएको छ । बारम्बार टेलिभिजन हेर्ने बालबालिका राम्रोसँग सुत्न नसक्ने विभिन्न अध्ययनले देखाएका छन् । तसर्थ सुत्ने कोठामा सकभर टेलिभिजन नराख्नुहोस र टेलिभिजनबाटै टाढै राख्नुहोस ।

बेडमा जानुअघि टिभी हेर्न नदिने

बालबालिका सुत्नु अगाडि सकभर उनीहरुलाई टेलिभिजन हेर्न नदिनुहोस । टेलिभिजनमा देखाउने हत्या हिंसाका समाचार र घटनाले उनीहरुको कोमल दिमागमा प्रभाव पार्ने भएकोले सुत्नु अगाडि टेलिभिजन सकभर हेर्न नदिनुहोस ।

शान्त वातावरण

बालबालिकालाई शान्त पार्न सानै उमेरदेखि ध्यान लगायतकाका आध्यात्मिक ज्ञान दिने । आध्यात्मिक चिन्तनको पथमा लैजाने । गहिरो श्वास लिन लगाउनुहोस । सानैदेखि सकरात्मक सोच्ने बानी बसाल्ने ।

छुट्टै स्थानमा चार्ज गर्ने

मोवाईल चार्ज गर्दा सकभर छुट्टै स्थानमा राख्नुहोस । यी उपकरणको भाइब्रेसन र आवाजले बालबालिकाको निन्द्रामा नराम्रो अशर गर्छ । मोवाईललाई सकभर साइलेन्समा राख्नुहोस ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३     9:06:52 AM  |