29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

कोहलपुरमा नगरस्तरिय कविता प्रतियोगिता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६  

कोहलपुर ।

कोहलपुर नगरपालिकाले ‘गणतन्त्र र भोलिको कोहलपुर’ विषयक नगरस्तारिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेष्ठ १६ गते कोहलपुर पार्टी प्यालेसमा प्रतियोगिता आयोजना गर्न लागिएको पुर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताउनु भायो ।

प्रतियोगीले बढीमा एक सय ५० शब्दमा कविता लेख्नु पर्ने आयोजकले जनाएको छ । पूर्णिमा साहित्य प्रतिष्ठानले व्यवस्थापन तथा संञ्चालन गर्ने प्रतियोगिताको संयोजन नगर शिक्षा शाखाले गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथमलाई साता हजार, द्वितीयलाई पाँच हजार र तृतीयलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६     7:12:15 PM  |