भारत लैजादै गरेका  आठ बालकको उद्धार



सुदीप अधिकारी
बर्दिया, ७
ललाईफकाई दलालले भारत लैजादै गरेको अवस्थामा ८ जना बालकलाई प्रहरीले उद्धार गरेको छ । भारतको देहरादुन लैजादै गरेको अवस्थामा शसस्त्र प्रहरी सीमा सुरक्षा बलले सिमावर्ती गाउँबाट बालकहरुलाई उद्धार गरेको हो । बालकहरुलाई ललाइफकाई भारत लैजादै गरेका गुलरिया नगरपालिका– ११ सुरजपुर बस्ने ६२ वर्षीय दलाल जुद्धबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको
छ ।
प्रहरीले गुलरिया नगरपालिका वडा नं ११ बस्ने वर्ष १४ का बालक प्रेम लोध, ११ वर्षीय फौदा धोवी, १३ वर्षीय शक्ति वाडिया, १५ वर्षका बालक सुनिल लोधलाई उद्धार गरेका हो ।
यसैगरी प्रहरीले गुलरिया नगरपालिका १६ वर्षीय गोविन्द खड्का, वर्ष १६ का मदन गिरी, वर्ष १६ प्रदिप लोध र वर्ष १६ कै लवकुश लोधलाई पनि उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
शसस्त्र प्रहरीले शंका मानेर सोधपुछ गर्दा उनीहरुलाई दलालले फकाएर कामका लागि भारत लैजान लागेको खुलेको
हो । अभिभावकहरुलाई सम्पर्क गरेर बालकलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ७ गते मंगलबार