तिलक गाउँले
कोहलपुर, बैशाख ५
भारतको रुपैडिहाबाट अपहरणमा परेका नेपालगन्ज उपमहानगरपालिका–२५, मनिकापुरका मुन्ताज नाउँ अपहरण मुक्त भएका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नाउँलाई भारत बहराइच रिसियाबाट अपहरण मुक्त गराएको हो । अपहरणमा संलग्न मनिकापुरकै मुन्ना सल्मानी र उनका श्रीमति, नेपालगन्ज टांगा स्टेशनका राजु खाँ र रुपैडिहाका शिव प्रसाद पाठकलाई समेत प्रहरीले पक्राउ गरेको छ । ‘अपहरण मुक्त गराउन भारतीय प्रहरीले ठूलो सहयोग ग¥यो, यो हाम्रो उपलब्धि हो,’ बाँकेका प्रवक्ता डिएसपी भिमकिरण बोगटीले भने । अपहरण मुक्त गराएर नाउँलाई नेपाल प्रहरीले शुक्रबारनै नेपाल ल्याइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बोगटीले बताए । अपहरणमा संलग्न सबैै जनालाई भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिन नमानेको डिएसपी बोगटीले
बताए । सपुर्दगी सन्धी अन्तरगत कागजात मिलाएर अपहरणकारीलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपहरणकारीको साथबाट १ थान कटुवा पेस्तोल र चार थान मोवाईल समेत प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ । नेपालगन्जमा रिक्सा चलाउँदै आएका नाउँ रुपैडिहाबाट अपहरणमा परेका थिए । रिसियास्थित एक घरमा नाउँलाई बन्धक बनाएर राखेको अवस्थामा प्रहरी टोलीले फेला पारेको हो । अपहरणमा परेका नाउँलाई पानीमात्र खान दिएर अध्यारो कोठामा राखेको अवस्थामा फेला फेला पारेको अप्रसनमा संलग्न प्रहरी नायब निरिक्षक कृष्ण सोनीले जानकारी दिए ।
नाउले चलाउँदै आएको रिक्सा रुपैडिहास्थित आँप बगियामा फेला परेपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा खोजतलास अगाडि बढाइएको थियो । नाउँको रिक्सा आँप बगियामा फेला परेपछि अपहरणमा परेको आशंका गरेर प्रहरी परिचालन गरिएको थियो । सुराकीले दिएको सूचना अनुसार अपहरण मुक्त गराउने मात्र नभई सबैलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेक प्रसाद राइले जानकारी दिए । अपहरण मुक्त भएका नाउँलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत अपहरण मुक्त गरेको जानकारी गराएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्