24 September 2023  |   सोमवार, अशोज ८, २०८०

हिमालय विद्या निकेतनको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२  

कोहलपुर, १२
बाँकेको बनकटवामा रहेको हिमालय विद्या निकेतनले २०७१ मा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रममा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जीगाउँ स्रोत केन्द्रका स्रोत व्यक्ति टंकनाथ दाहालले गुणस्तरिय शिक्षामा जोड दिन विद्यालयलाई आग्रह गरेका छन् । ‘गुणस्तरिय शिक्षा नै आजको आवश्यकता हो’ उनले भने ‘त्यसका लागि सम्पुर्ण विद्यालय परिवार लाग्नुु पर्छ ।’
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक श्याम कुवँरले विद्यार्थीहरुको क्षमता अनुसारको नतिजा प्रकाशित भएको र आगामि अझै राम्रो गर्न सुझाव दिए । त्यस्तै विद्यालयका प्रिन्सिपल नारायण प्रसाद गौतम र विद्यालयका स्कुल इन्चार्ज राम प्रसाद शर्माले प्रथम, द्वितीय र तृतीय, उत्कृष्ट सरसफाई, अनुशासन, नियमति स्कुलमा हाजिर हुने विद्यार्थी लाई सम्मान र पुरस्कृत गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक कुशल थापाले गरेका थिए भने कक्षा ९ मा अध्ययनरत छात्रा समिरा चापागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १२, २०७२     5:41:45 PM  |