कोहलपुर,चैत्र ६
साहित्यकार ब्रजेश खनालको ‘जुनेली’ उपन्यासमा माथि अन्र्तक्रिया कार्यक्रम कोहलपुरमा शनिबार सम्पन्न भएको छ ।
कोहलपुरमा हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा कृतिका बारेमा अध्ययन गर्ने जिम्मा पाठक श्रोतकै भएको बताए ।
नेपाली सिनेमामा आफ्नो पकड जमाएका ब्रजेशले आख्यान क्षेत्रमा पछिल्लो समय साहित्यकारहरु बढी आर्कषित भएको र आख्यानले नै गर्दा व्यसायीक साहित्य सुरु भएको बताए ।
पहिलो उपन्यास यायावरको सफलता पछि उनले दोस्रो उपन्यास बजारमा ल्याएका छन् । बुक हिलका प्रकाशक भुपेन्द्र खड्काले पश्चिममा धेरै विषयवस्तुहरु भएकोले अब त्यस्ता संभावना भएका लेखकहरुका कृति प्रकाशनमा आफु लाग्ने बताए । ब्रजेशको जुनेली उपन्यास बुक हिल पब्लिकेशनले बजारमा छ ।
त्यस्तै कार्यक्रममा ‘जुनेली’ र ‘यायावर’ उपन्यास कोहलपुरका पाठकहरुलाई हस्तान्तरण गरेका छन् । कार्यक्रम हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानले कोहलपुरका अध्यक्ष महानन्द ढकालको सभातित्व, वरिष्ठ नेपाली सिनेमाका लेखक तथा उपन्यासकार ब्रजेशले खनालको प्रमुख आथित्यमा सम्पन्न ।
प्रकाशित मिति : २०७२ चैत ६ गते शनिबार
प्रतिक्रिया दिनुहोस्