बबई साक्षर घोषणा



कोहलपुर, चैत्र ३
बर्दियाको बबई नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको
छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा र जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले संयुक्त रुपमा बबई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक नगरपालिका घोषणा गरेका हुन् ।
नगरपालिकाका १६ देखि ६० वर्ष उमेर पुगेका ९६.७ प्रतिशत स्थानिय जनता साक्षर भएको तथ्याङ्कका आधारमा बबई नगरपालिकालाई साक्षर युक्त नगरपालिका घोषणा गरिएको बबई नगरपालिकाका कार्यकारी अधिकृत पित्रीभक्त गिरीले
बताए ।
कुल ३० हजार ७ सय ४० जनसंख्या मध्ये सर्वेक्षणमा १६ वर्ष देखि ६० वर्ष उमेर समुहका १९ हजार ७ सय २२ जना मध्ये साक्षर १८ हजार ९ सय ४४ अर्थात ९६.७ प्रतिशत स्थानिय वासीन्दा साक्षर भएको र कुल ७ सय ७८ जना अर्थात ३.३ प्रतिशत निरक्षर रहेको सर्वेक्षणबाट पत्ता लागेपछि साक्षर युक्त नगरपालिका घोषणा गरीएको नगर शिक्षा समितीका सचिव नवराज ढुंगानाले जानकारी दिए ।
कुल साक्षर मध्ये महिला ९५.८८ र पुरुष ९६.८९ प्रतिशत साक्षर रहेका छन् । विद्यालय जाने उमेर समुहका १० हजार ५ सय २१ जना विद्यालय गएको पाईएको
छ । यस वर्ष ९६.८ प्रतिशत विद्यालयमा भर्ना भएर पनि विद्यालय छाड्ने ९ प्रतिशत रहेको छ । एक शिक्षकले आधारभुत तहमा ७२ जना र माध्यामिक तहमा १०२ जना विद्यार्थीलाई अध्यापन गराईरहेको पाईएको ढुंगानाले बताए ।
१८ गाविस र ५ नगरपालिका रहेको बर्दियामा यो संँगै ३ वटा नगरपालिका साक्षर युक्त नगरपालिका घोषणा भएका
छन् । यसै वर्ष आगामि चैत्र दोस्रो हप्ता भित्र बर्दिया जिल्लालाई पुर्ण साक्षर युक्त जिल्ला घोषणा गर्ने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले बताए ।
यसैबिच ग्रामिण क्षेत्रमा विद्यालय स्थापना गर्न योगदान पुर्याएको भन्दै बबई नगरपालिकामा रहेका विद्यालय स्थापनाकालका ३० जना विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष सहित ७४ जना शिक्षाप्रेमी महानुभावलाई प्रसंसा पत्र सहित सम्मान गरिएको
थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ३ गते बुधबार