फागुन १७ नेपालगन्ज
बाँकेमा जारी विद्यालय स्तरीय जिविस कप क्रिकेट प्रतियोगितामा एविसी रेसिडेन्टल गणेशपुर फाईनलमा प्रवेश गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा सोमवार भएको पहिलो सेमिफाइनल खेलमा आइडियल पब्लिक उच्च माविलाई १० रनले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । खेलमा टस हारेर पहिला ब्याटिङग गरेको एविसीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । उसका लागि शाहिल अन्सारीले ३०,रितेश थापाले २० दिलिप शाहीले १५ र शदाफ अन्सारीले १४ रन जाडेका थिए । आइडियल पब्लिकका बलर लतिप अहमद खाँनले ३ तथा शेराज इद्रिसी र इसाक मियाँले समान दुई ÷ दुई विकेट लिएका थिए । एक सय २१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएका आइडियल पब्लिक १९.३ ओभरमा सबै विकेट एक सय १० रनमा अल आउट भयो। उसका लागि मोहमद खाँनले ३७ अफजल खाँनले १७ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । एबिसीका वलर नविन गौतमले ४ शुभम् विएम र शदाफ अन्सारीले समान दुई ÷ दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा शान्ति विद्या निकेतनलाई पराजित गर्दै गोर्खा युनाइटेड फाइनलमा प्रबेश गरेको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिनुभयो । गोर्खाले शान्तीलाई ६८ रनले पराजित ग¥यो खेलमा टस जिेर पहिला ब्याटिङ गरेको गोर्खाले २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनाको थियो । २ सय ८ रनको लक्ष्य छाएको शान्ती ले २० ओभरमा १ सय ३९ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको भोली १२ बजे फाईनल खेल हुने छ । जिविस बाँकेको सहयोगमा तथा बाँके जिल्ला क्रिकेट संघको आयोजनामा भईरहेको प्रतियोगिता सोमवार सकिनेछ । प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेकोछ ।
प्रकाशित मिति : २०७२ फागुन १७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्