जहाज दुर्घटनामा परेका घाइतेहरुलाई कोहलपुरमा ल्याउँदै



राम बहादुर रावत
कोहलपुर, फागुन १४
नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा ल्याईदैछ । कालिकोटमा उपचार हुन नसकेपछि घाइतेहरुलाई हेलिकप्टरबाट कोहलपुर केहि बेरमा पुर्याइदै छ ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।
को को परे दुर्घटनामा
काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट र को–पाइलटको मृत्यु
काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रमा ‘चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १४ गते शुक्रबार