22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२  

crash-time

१२ फागुन, काठमाडौं । बुधबार विहानबाट सम्पर्कविहीन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सोली घोप्टे डााडोमा आगो लागेर डढेको अवस्थामा विमान भेटिएको हो । अहिले नेपाली सेनाको हेलिकोप्टर त्यहाा पुग्दैछ ।

विमान खोजीका लागि हेलिकोप्टरमा खटिएका उच्च शिखर शिक्षालय मुस्ताङका प्रमुख कर्णेल इन्द्रबहादुर रायमाझीले अनलाइनखबरलाई बताए अनुसार स्थानीयले दिएको जानकारीका आधारमा घटनास्थल पत्ता लागेको हो ।

बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको कल साइन ९-AHH भएको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो ।

विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२     1:45:31 PM  |