कोहलपुर, फागुन १०
बा-केको कोहलपुरबाट ४ किलोग्राम लागुऔषध चरेश सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोले कोहलपुर बसपार्कबाट आइतबार सा“झ लागुऔषध चरेश सहित उनीहरुलाई पक्राउ गरेको
हो । मध्यपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक दिपक शाहले पक्राउको पुष्टी गर्दै भन्नुभयो, गोप्य सुचनाको आधारमा उनीहरुलाई लागुऔषध चरेस सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम घर भई कोहलपुर नगरपालिका २ बस्ने कालु चन्द र जाजरकोट घर भई नौबस्ता ७ बस्ने मन बहादुर भन्ने मानबहादुर बस्नेत रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७२ फागुन १० गते सोमबार
प्रतिक्रिया दिनुहोस्