कोहलपुर महोत्सवमा पत्रकारमाथि दुव्र्यवहार गर्दै पास खोसियो



कोहलपुर ७ फागुन/
हिजोबाट कोहलपुरमा शुरु भएको बाँके औद्योगिक व्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सवमा पत्रकालाई दुव्र्यवहार गरिएको छ । गेटमा बस्ने महोत्सवका कर्मचारीले मिसन टुडेका बर्दिया संवाददाता रावन विश्वकर्मालाई आज दुव्र्यवहार गर्दै प्रेस पास खोसेका हुन् ।
मिडिया पार्टनरका नामबाट जारी गरिएको महोत्सव प्रवेस पासमा महोत्सव सचिवालय व्यवस्थापन उपसमिति संयोजक केशव राज धितालले हस्ताक्षर समेत गरेका छन् । तर, महोत्सव कर्मचारीले भने आफूलाई अपमानित गर्दै प्रवेश पास खोसेको पत्रकार विश्वकर्माले बताए ।
महोत्सवबाट जारी गरिएको सम्पूर्ण प्रवेश पास महोत्सव सचिवालयलाई फिर्ता गरिने मिसन टुडे दैनिकका प्रकाशक बिनोद पौडेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ७ गते शुक्रबार