‘कर्णाली प्रदेशको मुख्य सुरक्षा चुनौती विप्लव समूह’
प्रकाशित मितिः बिहिबार, असार १९, २०७६
|
सुर्खेत ।
कर्णाली प्रदेशको शान्ति सुरक्षाको मुख्य चुनौती प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भएको प्रहरी अध्ययनले देखाएको छ । प्रदेश प्रहरीको प्रमुखका रुपमा सरुवा भएर एक साता अघिमात्रै सुर्खेत पुगेका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले भने, ‘‘प्रदेशको शान्ति सुरक्षामा विप्लव समूह नै ठूलो चुनौती रहेछ । अरु थुप्रै समस्याहरु पनि छन् । तर शान्त