20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

Author: मिसनटुडे संवाददाता

भेरीमा थप एक कोरोना संक्रमितको मृत्यु

भेरीमा थप एक कोरोना संक्रमितको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
कोहलपुर । भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३३ वर्षिय मृत्यु भएको छ। खजुरा २ बाँकेका उनको सोमबार  पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आज दिउँसो २ः४० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेले जनाएको छ। योसँगै बाँकेमा ६४ जना संक्रमितको मृत्यु भएको छ।
बाँकेमा बैशाख ९ एक सातासम्म लकडाउन

बाँकेमा बैशाख ९ एक सातासम्म लकडाउन

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
बाँकेमा कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिँदै गएपछि सर्वदलीय र जिल्ला कोभिड प्रकोप न्यूनीकरण समितिको संयुक्त बैठकले बन्दाबन्दी  गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । सोमबार बसेको उक्त बैठकले ९ गतदेखि एक सातासम्मका लागि लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन गर्न सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालल
बाँकेमा एक साता लकडाउन गर्न सिफारिस

बाँकेमा एक साता लकडाउन गर्न सिफारिस

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर [डिसिसिएमसी] बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको छ । मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन् । सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको तयारी
बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर(१ का ६ जना कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।   ‘वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ
आज चैते दशैँ पर्व मनाइँदै

आज चैते दशैँ पर्व मनाइँदै

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
कोहलपुर । चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भन
एकैदिन कोहलपुरका दुई संक्रमितको मृत्यु

एकैदिन कोहलपुरका दुई संक्रमितको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८       |
कोहलपुर । बाँके कोहलपुर नगरपालिकाका दुई संक्रमितको सोमबार साँझ मृत्यु भएको छ । कोहलपुर, २ की बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनको पीसीआर पोजिटिभ रिपोर्ट भने राती मात्र आइपुगेको थियो । स्वास
कोहलपुरका कोरोना संक्रमित ७५ वर्षीय बृद्धको होम आइसोलेसन मै मृत्यु

कोहलपुरका कोरोना संक्रमित ७५ वर्षीय बृद्धको होम आइसोलेसन मै मृत्यु

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
कोहलपुर  : बाँकेको कोहलपुरका एक कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो। उनलाई वैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएको थियो । ती बृद्ध होम आइसोलेसन मै थिए । उनको आइतबार राति १२ बजेतिर घरमै मृत्यु भएको जनाइएको छ । बृद्ध दीर्घरोगी थिए। उनको भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
बुटवल : लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य ९माओवादी केन्द्रबा
बैजापुरमा सडक नाटक प्रदर्शन

बैजापुरमा सडक नाटक प्रदर्शन

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
कोहलपुर : घरेलु तथा महिला हिंसा विरुद्ध जनचेनतामूलक सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो । सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोगमा राप्तीसोनारी गाउँपालिका र समाज सेवा संस्था नेपाल कोहलपुर १४ हवल्दारपुरको समन्वयमा नाटक प्रदर्शन गरिएको थियो । जुनकिरी महिला समूह बाँकेको आयोजनामा सडक नाटकको देखाइएको हो । लुम
जुनकिरी महिला समूहको आयोजनामा निःशुल्क एचआईभी जाँच

जुनकिरी महिला समूहको आयोजनामा निःशुल्क एचआईभी जाँच

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
कोहलपुर  : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा निःशुल्क एचआईभी जाँच गरिएको छ । जुनकिरी महिला समूह बाँकेले बैजापुरमा एक कार्यक्रमका बीच निःशुल्क एचआईभी परिक्षण गरेको हो । बैजापुरस्थित जनशक्ति माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क एचआईभी जाँच गरिएको हो । जुनकिरी महिला समूह राप्तीसोनारी क्षेत्रमा एचआईभीको अवस्थाको जानकारी प्राप्त गर्ने र जनचेतनाका लागि कार्यक्रमको आयोजना गर
सशस्त्रद्धारा अवैध सामान बरामद

सशस्त्रद्धारा अवैध सामान बरामद

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
बर्दिया । सशस्त्र प्रहरीले भन्सारी चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेको छ । बर्दियाका सीमा क्षेत्रमा रहेका सशस्त्रका विओपिबाट खटिएका सशस्त्र प्रहरीले अवैध सामानहरु बरामद गरेका हुन् । विओपिबाट खटिएका टोलीले अवैध चोरी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ । ३५ हजार ९०० मुल्य बराबरको अ
कर्णाली नवनियुक्त तीन मन्त्रीले लिए शपथ

कर्णाली नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८       |
कोहलपुर । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् । शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेक